MENU

साहित्य/ कला

Ncell Axiata
USAID

कविता-के हुन्थ्यो ?

                                     कविता

                                            के हुन्थ्यो ?

-उस्ताद सुदर्शन राजोपाध्याय् 

मानवको पेटमा गेट भइदिएको भए के हुन्थ्यो ?
कुनैपनि बेला खानाखानु अगाडि गेट खोल्नु पथ्र्यो ।
हेर्ने आँखा मुहारमा नभइदिएको भए के हुन्थ्यो ?
सबैलाई अन्धो शब्दबाट बोलाइन्थ्यो ।
हिँड्ने खुट्टा शरीरमा नभइदिएको भए के हुन्थ्यो ?
सबैलाई एउटै शब्द लङ्गडोबाट चिनिन्थ्यो । 


संसारमा खानेकुराको अभाव भइदियो भने के हुन्थ्यो ?
संसारभरि अनिकाल फैलिन्थ्यो ।
संसारभरि गाडी नै नभइदिएको भए के हुन्थ्यो ?
सबै समानतामा गनिन्थ्यो ।
संसारमा हवाईजहाज नभइ दिएको भए के हुन्थ्यो ?
नेताहरुले विदेशमा बैंकखाता खोल्न हिम्मत गर्दैनथ्यो । 


संसारमा स्वानीमानिस नै नभइ दिएको भए के हुन्थ्यो ?
पुरुषहरुले संसारलाई नै बाईबाई गर्थ्यो ।
संसारमा भाषानै नभइदिएको भए के हुन्थ्यो ?
संसारमा सांकेतिक भाषाले स्थान पाउँथ्यो । 
संसारमा जनावरहरु नभइदिएको भए के हुन्थ्यो ?
सबै मानवहरु शाकाहारी हुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • दिनेश अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक

    काठमाडौं, वैशाख १७ – कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कृति ‘भरियाको भूगोल’ सार्वजनिक भएको छ । अधिकारीले कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै सार्वजनिक कृति सार्वजनिक गर्नुभएको हो ।

  • ‘नमस्ते काठमाडौं’ तयार

    काठमाडौं, वैशाख १३ – चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीको कथा संग्रह ‘नमस्ते काठमाडौं’ तयार भएको छ ।

  • विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईंदै

    काठमाडौं, वैशाख १० – विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आइतबार, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

  • मेरी शंकरकी पारिजात

    मेरो सुर्योदय, तिम्रो आवाजसंगै हुन्छ र अस्त तिम्रो यादले

  • व्यंग्य कविता : आजको अन्दोलन

    गोली ताकेर हानिन्छ , मारिन्छ किन गौतम ? बुद्धको भूमि हो मेरो शान्तिको मन्त्र–उद्गम । जनताको सुरक्षा खै ? सुरक्षा देशको कता भुँडी सुधारमा नेता लाग्ने भए जतातता ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया