MENU

खेल

Ncell Axiata
USAID

जब यिनले गोल गर्छन्...

चैत ७ – इंग्लिस प्रिमियर लिगमा खेल्ने एक डिफेन्डरले गोल सम्बन्धी असामान्य कीर्तिमान बनाएका छन् । गएको जनवरीमा लिभरपुलका मिडफिल्डरबाट लेफ्ट ब्याक बनेका जेम्स मिल्नरले टिमले नहारिकन धेरै खेलमा गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका थिए । तर अहिले मिल्नरले आफ्नै नाममा कीर्तिमान बनाएका छन् । लिग अन्तर्गत आइतबार राति भएको म्यानचेस्टर सिटीसँगको खेलमा मिल्नरले गोल गरे । उनले गरेको गोल यो सिजन पेनाल्टी मार्फत गरेको सातौं गोल थियो । यो खेलमा लिभरपुल म्यानचेस्टर सिटीसँग १–१ को बराबरीमा रोकियोमिल्नरले लगातार ४७ अपराजित खेलमा गोल गर्ने कीर्तिमान बनाएका हुन् । मिल्नरले गोल गरेका ३७ खेलमा क्लबले जितेको छ भने १० खेलमा बराबरीमा रोकिएको छ । उनले डारिएस भासेलको कीर्तिमान तोडेका हुन् । भासेलले लगातार ४६ अपराजित खेलमा गोल गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया