MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

‘छक्कापञ्जा फेरि’ मा प्रदीप रहने सम्भावना कम

काठमाडौं, चैत ७ – नायक प्रदीप खड्काका बारेमा बेलाबेलामा विभिन्न चर्चा र परिचर्चा चलिरहन्छ । विशेष गरी उनले निर्माता सन्तोष सेनको सिनेमा बाहेक अरु सिनेमा नखेलेको भन्ने आरोप लाग्ने गरेको छ । ‘प्रेमगीत’ बाट धेरै रुचाइएका नायक प्रदीप खड्का भने धेरै सिनेमा खेल्नु भन्दा कम तर उत्कृष्ट सिनेमा खेल्ने सोचाइमा छन् ।

यसै अनुरुप उनी ‘प्रेमगीत–२’ लाई खास बनाउनका निम्ती जिम जाने, फाइटको सिनमा पोख्त देखिनका निम्ती थाई किक सिक्नुका साथै कडा मेहनत गरिरहेका छन् । ‘प्रेमगीत’ प्रदर्शनमा आए पछि उनलाई ‘दर्पणछायाँ–२’, ‘ए मेरो हजुर–२’, ‘दि विनर–२’, ‘स्टुपिड मन–२’ जस्ता सिक्वेलको अफर आएको थियो । तर केही समय ग्याप गर्ने इच्छा राखेका कारण सिनेमामा काम नगरेको प्रदीप बताउँछन् । 

डेढ वर्षपछि साउन १३ मा उनी ‘प्रेमगीत–२’ मा देखिनै लाग्दा भदौ १६ को रिलिज डेट तोकेर काम गर्न लागिएको ‘छक्का पञ्जा फेरि’ मा उनलाई अफर गरिएको छ । यसअघि ४ वटा सिक्वेलमा काम नगरेका प्रदीपले २०७३ सालको ब्लकबस्टर सिनेमा ‘छक्कापञ्जा’को सिक्वेलमा काम गर्लान् ? निकै मिहेनत गरेको सिनेमा ‘प्रेमगीत–२’ साउन १३ र छक्का पञ्जा फेरिको रिलिज डेट भदौ १६ हुने हुँदा एक महिनाको ग्यापमा प्रदीप सिनेमामा आउलान् ? भन्ने प्रश्न अहिले धेरैको मनमा उठेको छ ।  

यस विषयमा नायक प्रदीप खड्का भन्छन्, ‘छक्का पञ्जा जस्तो ब्यानरले मलाई अफर गर्नु  मेरो लागि ठूलो कुरा हो । म एकदमै उत्साहित छु । तर खेल्ने नखेल्ने टुङ्गो भएको छैन । दीपकदाई, दीपादिदी लगायतको टिमसंग मेरो कुरा भइरहेको छ । हेरौँ के हुन्छ ?’ 

तर विशेष सुत्रका अनुसार पारिश्रमिक र प्रदीपको भूमिकाको बारेमा प्रष्ट कुरा नभएका कारण उनी ‘छक्का पञ्जा फेरि’ मा रहने सम्भावना निकै नै कम भएको बताइएको छ । 

- उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया