MENU

समाज

Ncell Axiata

अस्थायी शिक्षण केन्द्र उडाएपछि चउरमा पढाई

ओखलढुंगा, चैत ७ – अस्थायी शिक्षण केन्द्र (टिएलसी) हावाहुरीले उडाएपछि ओखलढुंगाको पात्लेस्थित पात्ले माविका विद्यार्थी खुल्ला चउरमा पढ्न बाध्य भएका छन् । भूकम्पले भवन भत्काएपछि दुईवर्ष अघि निर्मित टिएलसी समेत हावाले उडाउँदा पाँच वटा कक्षाका विद्यार्थी चउरमा बसेर पढ्न बाध्य भएका हुन् ।

बाहिरै बसेर पढ्नुपर्ने भएपछि विद्यालयमा आउने विद्यार्थी संख्या समेत घटेका छन् । ‘झण्डै चालिस भन्दा बढी विद्यार्थीले विद्यालय छोडिसके’ विद्यालयका प्रधानअध्यापक लाक्पा शेर्पाले भन्नुभयो ‘हिउँदमा जाडो, वर्षा झरी, अहिले हावाहुण्डरी हुँदै पढ्ने ठाउँ नभएपछि पढाई नछोडेर के गरुन् ?’

अहिले कक्षा १, २, ३, ६ र ७ का विद्यार्थीलाई चौरमै पढाउने गरिएको छ । वार्षिक परीक्षा नजिकिँदै जाँदा यसले नतिजामा समेत असर गर्ने शिक्षकको भनाई छ । परीक्षा पनि चउरमै लिनुपर्ने अवस्था आएको प्रधानाध्यापक शेर्पाले बताउनुभयो । 

भूकम्पले जिल्लाका २ सय ६७ विद्यालयका ८ सय १० कक्षामा क्षति पुगेको थियो । जिल्ला शिक्षा कार्यालयका अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सिएलपिआइयु) मार्फत पुनर्निर्माणका लागि ११ उच्चमावि र १० मावि गरी २१ वटाको सर्वे भएको थियो । त्यसमध्ये २ उच्चमावि र ४ मावि गरी ६ वटाको पुनर्निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया