MENU

समाज

Ncell Axiata

छब्बिसेबाट पाँच जना महिलाको उद्धार

इलाम, चैत ७ – माइती नेपाल पशुपतिनगर इलामले पाँच जना महिलाको उद्धार गरेको छ । बेचविखनका लागि भारत लैजाँदै गरेको अवस्थामा महिलाहरुलाई नेपाल भारतको सिमाना छब्बीसे भन्ने ठाउँबाट उद्धार गरिएको माइती नेपाल पशुपतिनगर इलामका संयोजक होम ढकालले बताउनुभयो ।

पशुपतिनगर इलामका  अनुसार उद्धार गरिएकाहरु सबै गोरखाको उहियाका रहेका छन् ।  महिलाहरुलाई  कुवेत र पाकिस्तान रोजगारीका लागि लैजाने भनेर एकै दिनमा काठमाडौंबाट पासपोर्ट बनाइ ल्याइएको ढकालले जानकारी दिनुभयो ।

भारतीय प्रहरी र स्थानीय महिलाको सहयोगमा माइती नेपाल पशुपतिनगर इलामले ती महिलाहरुलाई उद्धार गरेको हो । बेच्न लाने व्यक्ति महिलाहरुलाई छब्बिसेको बाटो भएर आउनु भारतमा नै लिन आउछु भनेकाले विकास भनिने चेतप्रसाद दुलाललाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया