MENU

समाज

USAID

प्रहरीकै संलग्नतामा काठ तस्करी, गाउँलेले समाते प्रहरी

सुनसरी, चैत ७ – प्रहरीको संलग्नतामा धरान-२० विष्णुपादुकाको भवानी थान सामुदायिक वन उपभोक्ता समितिबाट काठ तस्करी हुने गरेको रहस्य खुलेको छ । 

स्थानीय बासिन्दाले काठ तस्कर र तस्करलाई स्कटिङ गरिरहेका प्रहरीहरुलाई समातेर वन कार्यालयलाई बुझाएपछि यस्तो रहस्य खुलेको हो । धरान-२० स्थित विष्णुपादुका प्रहरी चौकीमा कार्यरत इन्चार्ज खेमबहादुर कुँवर र प्रहरी जवान गङ्गा लिम्बुलाई आइतबार राति नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका हुन् । 

को १ च ६३८१ नम्बरको बोलेरो गाडीमा लैजान लागेको सखुवाको काठ, काठ किन्ने धरान-१८ का  विवेक लिम्बुसहित बोलेरो गाडीका चालक विराटनगर-५ का नगरेन्द्र कार्कीलाई पक्राउ गरी सेक्टर वन कार्यालय धरानलाई बुझाइएको भवानी थान सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष राजबहादुर राईले बताउनु भयो  । 

काठ र गाडीसँगै प्रहरीले प्रयोग गरेको को ४ प ८००७ नम्बरको पल्सर मोटर साइकलसमेत बरामद गरिएको छ  । विगतदेखि नै प्रहरीकै संलग्नतामा काठ तस्करी हुने सूचना पाएपछि समितिका पदाधिकारीहरुले निगरानी बढाउने क्रममा आइतबार राति १० बजे लोड गरेर काठ लैजान आटेको समयमा प्रक्राउ गरिएको कोषाध्यक्ष राईले बताउनु भयो । 
वन उपभोक्ता समितिका पदाधिकारीहरुले काठ नियन्त्रणमा लिएको जानकारी दिएपछि प्रहरीसहित वन कार्यालयका कर्मचारी सो स्थानमा पुगेर काठसहित संलग्नलाई पक्राउ गरी सेक्टर वन कार्यालयमा ल्याएको सेक्टर वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया