MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

वीरगञ्जमा भोजपुरी फिल्म फेस्टिवल हुँदै

वीरगञ्ज, चैत ७ – वीरगञ्जमा भोजपुरी फिल्म फेस्टिवल हुन लागेको छ । माँ राधिका इन्टरनेशनल मुभिज प्रालिले पहिलोपटक वीरगञ्जमा भोजपुरी फिल्म फेस्टिवलको आयोजना गर्न लागेको हो । 

आगामी २६ गते शनिबारका दिन आयोजना गर्न लागिएको फेस्टिवलमा भोजपुरी फिल्म, भोजपुरी संस्कृति, भोजपुरी भाषा प्रवद्र्धनमा योगदान पुर्याउने साथै नेपाल तथा भारतका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने भोजपुरी फिल्मका नायक परदेशी साहले जानकारी दिनुभएको छ । 

एस पी खरेलको नामले चर्चित नायक साहले आफ्नो फाइदाका लागि बिभिन्न राजनीतिक दल, संघ संगठनले भोजपुरी भाषाको जननी वीरगञ्जलाई प्रयोग गर्ने तर यसको उत्थान सम्बद्र्धन एवम् प्रवद्र्धनमा कतैबाट सहयोग नभएको गुनासो गर्नु भयो ।

वीरगञ्जलाई विश्वव्यापी रुपमा चिनाउन, वीरञ्ंजलाई फिल्म इन्डस्ट्रीजको रूपमा स्थापित गर्न उद्देश्यले भोजपुरी फिल्म फेस्टिवलको आयोजना गर्न लागिएको भोजपुरी तथा नेपाली फिल्मका प्रोड्युसर सूरज प्रधानले जानकारी गराउनु भयो । 

फेस्टिवलमा कलाकार, डाइरेक्टर, निर्माता, संगीतकार, गीतकार, द्वन्द्व निर्देशक, मेक अप पर्सन, क्यामरा पर्सन लगायतलाई सम्मान गर्ने योजना रहेको नायक परदेशी साहले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया