MENU

राजनीति

Ncell Axiata
USAID

राप्रपा कार्यकर्ता र प्रहरी झडप : २० जना घाइते

काठमाडौं, चैत ७ – काठमाडौंको कान्तिपथमा रहेको निर्वाचन आयोगको केन्द्रिय कार्यालय घेराउ गर्न गएका राप्रपाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा २० जना घाइते भएका छन् ।  

झडपका क्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठि चार्ज गरेको छ । झडपमा आफ्ना २० जना कार्यकर्ता घाइते भएका पार्टीका नेता राजाराम श्रेष्ठले बताउनुभयो । 

यसैबिच राप्रपा अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपति शमशेर राणाले आयोगमा पुगेर ज्ञापन पत्र पनि बुझाउनुभएको छ । निर्वाचन आयोगमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएको भन्दै आन्दोलनमा उत्रिएको राप्रपाले सोमबार देशभरीका निर्वाचन आयोगका कार्यालय घेराउको कार्यक्रम तय भएको थियो । 

काठमाडौंमा भने राप्रपाका कार्यकर्ताले आयोगको केन्द्रिय कार्यालय घेराउ गरेका हुन् । रत्नपार्कको शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेको जुलुशलाई प्रहरीले रोकेपछि झडप सुरु भएको हो । आयोगले संविधान विपरित भन्दै राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएको थियो । तर राप्रपाले भने आफ्नो विधानमा हिन्दु राष्ट्र र राजसंस्था राख्न पाउनु पर्ने माग गर्दै आएको छ । सत्तारुढ दल राप्रपाले धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्तावसहित संविधान संशोधन प्रस्ताव पनि दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • इलाममा मतगणनाबारे विवाद

    इलाम, असार १५ – इलामको देऊमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । देऊमाई नगरपालिका वडा नं. ३ को महेन्द्रोदय आधारभूत विद्यालय गाग्रेभञ्ज्याङ्ग (क)मतदान केन्द्रको मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएकोले विवाद भएको निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले बताउनुभयो ।

  • १६८ स्थानीय तहमा मतगणना हुँदै

    काठमाडौं, असार १५ – स्थानीय तहको दोस्रो चरणको चुनाव अन्तर्गत बुधबार मतदान भएका ३ सय ३४ स्थानीय तहमध्ये १ सय ६८ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

  • बैतडीको पुरचौंडी नगरपालिका–१ मा कांग्रेसको प्यानल विजयी

    बैतडी, असार १५ – बैतडीको पुरचौंडी नगरपालिका–१ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ ।

  • कञ्चनपुरः शुक्लाफाँटा र बेलौरी नगरपालिकामा मतगणना सुरु हुन सकेन

    कञ्चनपुर, असार १५ – कञ्चनपुरमा ९ वटा स्थानीय तहमध्ये शुक्लाफाँटा र बेलौरी नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठक नबसेकाले मतगणना सुरु हुन नसकेको हो ।

  • ​दाङको दंगीशरण गाउँपालिकामा एमालेको अग्रता

    दाङ, असार १५ – दाङको दंगीशरण गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका अध्यक्षका उम्मेदवार भागिराम चौधरीले १ सय ४७ मत ल्याएर अग्रता लिनुभएको हो । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार यज्ञनारायाण आचार्यले १ सय २४ मत सहित पछ्याई रहनुभएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया