MENU

राजनीति

Ncell Axiata

हिन्दु राष्ट्र र राजतन्त्रको निर्णयबारे पुनर्विचार गर्ने आयोगको आश्वासन

काठमाडौं, चैत ७ – राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाएको निर्वाचन आयोगले यसमा पुनर्विचार गर्ने आश्वासन दिएको छ । राप्रपाका अध्यक्ष कमल थापा र नेता पशुपति शमशेर राणाले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादवले यसमा गम्भीरताका साथ विचार गर्ने बताउनुभयो । 

यादवले आइतबार हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णय पुनर्विचार हुनै नसक्ने बताउनुभएको थियो । थापा र राणाले जुलशसहित निर्वाचन आयोगको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउनु भएको हो । जुलशमा सहभागी राप्रपाका कार्यकर्ताले प्रहरीको घेरा तोडेपछि केहीबेर दुई पक्षबिच झडप पनि भएको थियो ।  

ज्ञापनपत्र बुझाएपछि पत्रकारसित कुरा गर्दै राणाले आयोगले निर्णय सच्याउनु पर्ने माग गर्नुभयो । उहाँले कुनै दिन राप्रपाले दुई तिहाई बहुमत पुर्‍याएर संविधान संशोधन गरेर हिन्दु राष्ट्र कायम गर्ने दावी पनि गर्नुभयो । 

सरकारमा पनि बस्ने अनि विपक्षीको जस्तो सडकमा वितण्डा पनि मच्चाउने तपार्इंहरुको नीति के हो भनेर पत्रकारले सोधेको प्रश्नमा राणाले भन्नुभयो, ‘सरकारमा बस्ने नबस्ने निर्णय राप्रपाले केही दिनमा नै गर्छ ।’ आवश्यक परेमा सरकारबाट फिर्ता पनि हुन सकिने उहाँको संकेत थियो । 

 

हिन्दु राष्ट्र र राजतन्त्रको निर्णयबारे पुनर्विचार गर्ने आयोगको आश्वासन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया