MENU

राजनीति

Ncell Axiata

आइजिपी बढुवासम्बन्धी मुद्दाको फैसला भोलि हुने

काठमाडौं, चैत ७ – प्रहरी महानिरीक्षकको बढुवासम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतले मंगलबार मात्र फैसला सुनाउने भएको छ । 

सोमबार सरकारी पक्षका र डिआइजी नवराज सिलवाल पक्षका वकिलहरुको बहस सकिएको छ । बहस सकिए पनि राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउनुपर्ने भएकाले समयअभाव भन्दै सोमबार फैसला नसुनाइएको हो । 

सरकारका तर्फबाट सोमबार सहन्यायाधीवक्ता रेवतीराज त्रिपाठी र उपन्यायाधीवक्ता टिकेन्द्र दाहालले बहस गर्नुभएको हो । यसअघि महानिरीक्षक बढुवा विवादमा सर्वोच्च अदालतले गठन गरेको पूर्ण इजलासप्रति असन्तुष्टि जनाउँदै महानिरीक्षकमा बढुवा गरिएका जयबहादुर चन्द पक्षका कानून व्यवसायीले इजलास बहिस्कार गरेका थिए । उनीहरुले पूर्ण इजलास गैरकानूनी ढंगले गठन भएको भन्दै बहस नै बहिष्कार गरेका हुन् ।

चन्दको पक्षबाट बहस गर्न वकालतनामामा नाम लेखाएका अधिवक्ताहरु पूर्णमान शाक्य, सुशील पन्त, महादेव यादव, सतिशकृष्ण खरेल, प्रेमबहादुर खड्का, श्याम खरेल, बसन्तराम भण्डारी, सुनिल पोखरेल, डाक्टर दिनमणी पोखरेल, माधव बस्नेत, हरि उप्रेतीलगायतले इजलास बहिष्कार गरेका हुन् । 

प्रधानन्यायाधीश सुशिला कार्की तथा न्यायाधीशहरु ईश्वर खतिवडा र हरिकृष्ण कार्कीले यसअघि चन्दको बढुवा तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम र अल्पकालिन आदेश दिइसकेकाले उनीहरु नै पूर्ण इजलासमा रहँदा फैसला निष्पक्ष हुन नसक्ने भन्दै बहस बहिष्कार गरेको कानून व्यवसायीहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया