MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

असिनाले भेडेटार ढपक्कै ढाक्यो

धनकुटा, चैत ७ – सोमबार दिउँसो परेको असिनाले पर्यटकीयस्थल धनकुटाको भेडेटारलाई ढपक्कै ढाकेको छ । केही दिनदेखि पानीसँगै असिना परिरहेको छ । सोमबार डेढ घण्टासम्म असिना पर्दा भेडेटारको घरका छाना र सडकमा डेढ फिटसम्म असिना थुप्रिएको हो ।  

भेडेटारबासी टंक लिम्बुको भनाईमा २०५७ सालपछि यो पटक धेरै असिना परेको हो । त्यतिवेला दुई दिनसम्म असिना विलाएको थिएन । गर्मी बढ्दै गएको बेला असिनापानी परेकाले युवायुवतीका लागि भेडेटार गतिलो गन्तव्य बनेको छ ।  
असिनापानी परेपछि भेडाटारमा अत्याधिक जाडो बढेको छ । भेडेटार आसपासका डाँडाहरु असिनाले सेतै देखिन थालेको छ । सडकमा असिना थुप्रिएका कारण सोमबार आधा घण्टा सडक अवरुद्ध भएको थियो । असिना बिलाउन थालेपछि यातायात खुलेको प्रहरीले बताएको छ । असिना पानी पर्न छाडेपछि भेडेटारमा घाम लागेको छ । त्यसैले युवायुवतीहरुले रमाइलो गरिरहेको भेडेटार गाविस सचिव नारायण खनालले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मान्छे मार्ने गैँडा र बाख्रा खाने चितुवा जेलमा

    मानिसले गल्ती गरेपछि सजाय भोगेको त सुनिएकै हो । तर वन्यजन्तुले गल्ती गरेपछि जेल सजाय भोग्नु परेको कमै मात्र सुन्न पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा मान्छे मारेको गैँडा र बाख्रा खाएर आतंक मच्चाएको चितुवाले सजाय स्वरुप थुनामा जेल जीवन बिताउनु परेको छ ।

  • देशका धेरै ठाउँमा आज पनि पानी पर्ने

    काठमाडौं, वैशाख १७ – आइतबार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । दिउँसो २÷३ बज...

  • त्रिशूली नदीको दोहन रोकिएन

    धादिङ, वैशाख १३ – त्रिशूली नदीको दोहन बढ्दै गरेको छ । सरकारी निकायको ध्यान चुनावतिर गएको बेला त्रिशूलीको दोहन बढेको हो । गल्छी गाउँपालिकाको जिन्टे बगर रातभरि डोजर चल्छ ।

  • ​जुम्लामा माटो परीक्षण शिविर

    जुम्ला, वैशाख ११ – जुम्लामा माटो परक्षिण शिविर सुरु भएको छ । जुम्लाका स्याउ बगैंचा र स्याउ रोप्न लागेका ठाउँको माटो परीक्षण गर्न लागिएको हो ।

  • अर्ग्यानिक चियाको बजारिकरणमा समस्या

    इलाम, वैशाख ११ – इलाममा अर्ग्यानिक चिया उत्पादन वृद्धि भएको छ । अर्ग्यानिक चिया हेर्दा आकर्षित नदेखिनाले निकासीलाई भने समस्या हुन थालेको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया