MENU

समाज

Ncell Axiata
USAID

तेल ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु

 

जनकपुर, चैत ७ – जनकपुरमा मोटरसाइकललाई तेल ट्यांकरले ठक्कर दिँदा महोत्तरी खुट्टापिपरा-३ बस्ने तेजु साहका १७ वर्षका छोरा महेश साहको ज्यान गएको छ । मृतक महेशका काका मोटरसाइकल चालक रामानारायण साह गम्भीर घाइते भएका छन् ।

जनकपुरको पिडारी चोकतिरबाट रामानन्द चोकतर्फ तीब्र गतिमा जाँदै गरेको ना ४ ख २७७१ नम्बरको तेल ट्यांकरले ज ९ प १४९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लग्दै गर्दा बाटोमै महेशको ज्यान गएको प्रहरीले जनाएको छ । घटना पश्चात ट्यांकरका चालकलाई रामानन्दचोकबाट नियन्त्रणमा लिएको र महेशको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • झुलाघाट सीमा नाका ४ दिनसम्म बन्द

    बैतडी, असार १२ – स्थानीय तहको चुनावलाई मध्येनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमा नाका ४ दिनका लागि बन्द गरिएको छ ।

  • मोरङमा एक वृद्धको घाँटी रेटेर हत्या

    विराटनगर, असार १२ – मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । रंगेली नगरपालिका–९ का ६१ वर्षका पहाडचन्द राजवंशीको आइतबार राति घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

  • चुनावमय रमजान

    इस्लाम धर्मावालम्बीको महान पर्व इदुल फितर नेपालगञ्जमा हर्षोल्लासका साथ मनाईंदै छ । नजिकिँदै गएको चुनावले इदको रौनक अझै बढाएको छ । नेपालगञ्जको इदगाहमा बिहान इदको नमाजका लागि जम्मा भएका हजारौं मुस्लिम समुदायका नागरिकलाई गैर मुस्लिम समुदायले इदको शुभकामना आदानप्रदान गरेका छन् ।

  • भोजपुरमा तीन बालबालिका मृत अवस्थमा भेटिए

    भोजपुर, असार १२ – भोजपुरको अरूण गाउँपालिकामा तीन बालबालिका मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएको बालबालिका सोमबार बिहान प्याउली नजिकैको पोखरीमा मृत अवस्थामा भेटिएका हुन् ।

  • भ्रष्टाचार आरोप लागेका कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्यलाई पक्राउ गर्न अख्तियारको ताकेता

    काठमाडौं, असार १२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुछिएका कर फरछ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउ गर्न फेरि ताकेता गरेको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया