MENU

समाज

USAID

आइजिपी विवाद : डिआइजी अर्यालद्वारा आइजिपी बनाउन भन्दै रिट दायर

काठमाडौं, चैत ७ – नेपाल प्रहरीको २६ औं आइजिपी नियुक्ति विवाद नयाँ मोडमा पुगेको छ । फागुन २ गतेको मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेदेखि विवाद भएको आइजिपी केश चैत ७ गते डिआइजी प्रकाश अर्यालले रिट दायर गरेपछि थप जटिल बनेको हो । 

मर्यादाक्रमको दोस्रो नम्बरमा रहेका डिआइजी प्रकाश अर्यालले आफूलगायत चारै जना डिआइजीको कार्यसम्पादन मूल्याङ्कन फाइल हेर्नु पर्ने र आफू पनि आइजिपीको दाबेदार भएको भन्दै रिट हालेपछि आइजिपी विवाद नयाँ मोडमा पुगेको हो ।

सर्वोच्च अदालतमा आइजिपी विवादका बारेमा डिआइजी नवराज सिलवाल र जयबहादुर चन्द पक्षको वहस सकिएकै दिन सोमबार डिआइजी अर्यालले रिट हाल्नु भएको हो । सिलवाल र चन्दको मात्रै कार्यसम्पादन मूल्याङ्कन सर्वोच्चले माग गरेपछि आफू अन्यायमा परेको र आफ्नो पनि कार्यसम्पादन मूल्याङ्कन हुर्ने पर्ने भन्दै रिट दायर गरेको अर्यालले बताउनुभयो । रिट आइतबारनै दायर गर्न लागिएको भएपनि सर्वोच्चले समय नदिएकाले दायर गर्न नपाएको अर्याल पक्षका वकिलले बताएका छन् ।

आफूले दायर गरेको रिटको टुंगो नलागेसम्म कसैलाई पनि आइजिपी बनाउनु नहुने भन्दै अर्यालले दायर गरेको रिटमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया