MENU

समाज

भक्तपुरमा साझा बस चल्न नदिने व्यवसायीको धम्की, ३३७ गाडी ठप्प पार्ने चेतावनी

भक्तपुर, चैत ७ – भक्तपुरका यातायात व्यवसायीले साझा बसलाई भक्तपुर भित्रिन नदिने चेतावनी दिएका छन् । नियम विपरीत सिण्डिकेट लाद्दै व्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।

भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिँदै सिण्डिकेट लाद्ने बताएका हुन् । सोमबार कोटेश्वर पूर्व यातायात समन्वय समितिले रफत सञ्चार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरुले साझा यातायात भक्तपुरमा सञ्चालनमा आए जिल्लाका १७ वटा रुटमा चलाएको बस सेवा बन्द गराउने धम्की दिएका हुन् । 

पत्रकार सम्मलेनमा भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेकोमा साझा आए यी सेवाहरु बन्द गर्ने बताउनु भएको हो । उहाँले ग्रामीण भेगमा घाटा सहेर पनि यातायात सञ्चालन गरिरहेको बताउँदै सहरी भेगमा मात्रै सञ्चालन गर्नेगरि साझा बस भित्र्याउन खोजिएकोमा आपत्ति जनाउनुभयो । 

समितिले भक्तपुरमा साझाले दिएकै जस्तो सुविधा दिएर गाडी सञ्चालन गर्ने तयारी गरेको बताउँदै उहाँले यसका लागि नयाँ ४० वटा बस ल्याउने तयारी गरेको बताउनुभयो । 

पत्रकार सम्मेलनमा कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले मिनीबस सेवा समितिले ४१ सिट क्षमताको लामो ४० वटा बस ल्याउन लागेको बताउनुभयो ।  

काठमाडौंको रुटमा घाटा भएपछि साझा बस भक्तपुर चलाउन लागेको आरोप लगाउँदै उहाँले भक्तपुरका जनताको समस्या साझाले समाधान नगरी भक्तपुरकै बसले समाधान गर्ने बताउनुभयो ।

भक्तपुर मिनिवस सेवा समितिका पूर्व अध्यक्षहरु रामकाजी भुजू, राजन कसलवटले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउने साझा बस भित्र्याउन खोजेको आरोप लगाउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया