MENU

राजनीति

Ncell Axiata
USAID

नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षको राष्ट्रिय भेला हुँदै

काठमाडौं, चैत ७ – नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षको राष्ट्रिय भेला चैत २६ गते पोखरामा हुने भएको छ । राष्ट्रिय भेलामा युनियनका जिल्ला तथा प्रतिष्ठान अध्यक्ष, युनियनका तर्फबाट महासंघको जिल्ला अध्यक्षमा निर्वाचित भएका र उम्मेद्वारी दिएकालगायत गरी २ सय ५० भन्दा बढी सहभागी हुनेछन् । 

भेलाले पत्रकार महासंघको आसन्न महाधिवेशनमा उठाउने मुद्दा तथा नारा तय गर्ने साथै नीतिगत निर्णय गर्ने प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।

भेलालाई कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, उपप्रधामन्त्री विमलेन्द्र निधिलगायतले सम्बोधन गर्ने पनि उहाँले बताउनुभयो । 

चैत २५ गते प्रेस युनियनको केन्द्रिय कार्यसमितिको बैठक पोखरामै बस्ने पनि अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • इलाममा मतगणनाबारे विवाद

    इलाम, असार १५ – इलामको देऊमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । देऊमाई नगरपालिका वडा नं. ३ को महेन्द्रोदय आधारभूत विद्यालय गाग्रेभञ्ज्याङ्ग (क)मतदान केन्द्रको मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएकोले विवाद भएको निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले बताउनुभयो ।

  • १६८ स्थानीय तहमा मतगणना हुँदै

    काठमाडौं, असार १५ – स्थानीय तहको दोस्रो चरणको चुनाव अन्तर्गत बुधबार मतदान भएका ३ सय ३४ स्थानीय तहमध्ये १ सय ६८ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

  • बैतडीको पुरचौंडी नगरपालिका–१ मा कांग्रेसको प्यानल विजयी

    बैतडी, असार १५ – बैतडीको पुरचौंडी नगरपालिका–१ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ ।

  • कञ्चनपुरः शुक्लाफाँटा र बेलौरी नगरपालिकामा मतगणना सुरु हुन सकेन

    कञ्चनपुर, असार १५ – कञ्चनपुरमा ९ वटा स्थानीय तहमध्ये शुक्लाफाँटा र बेलौरी नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठक नबसेकाले मतगणना सुरु हुन नसकेको हो ।

  • ​दाङको दंगीशरण गाउँपालिकामा एमालेको अग्रता

    दाङ, असार १५ – दाङको दंगीशरण गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका अध्यक्षका उम्मेदवार भागिराम चौधरीले १ सय ४७ मत ल्याएर अग्रता लिनुभएको हो । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार यज्ञनारायाण आचार्यले १ सय २४ मत सहित पछ्याई रहनुभएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया