MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

भ्यागुतो संरक्षणका लागि समिति

किरण लोहनी/उज्यालो ।

गोरखा, चैत ७ – गोरखाको मनासलु संरक्षण क्षेत्रका विभिन्न ठाउँमा स्थानीय बासिन्दाकै सक्रियतामा पाहा अर्थात भ्यागुता संरक्षण थालिएको छ । 

संरक्षण क्षेत्रभित्र पर्ने साविकको ७ मध्ये ४ गाविसमा स्थानीय बासिन्दाले समिति नै बनाएर पाहाको संरक्षण थालेका हुन् । सिर्दिवासको फिलिम, चुम्चेतको लोप्पा, विहीको ड्याङ र प्रोक गाउँमा यस्तो समिति बनाइएको हो । 

‘स्थानीय बासिन्दाले शिकार गरेर तरकारीको रुपमा खाने गरेका रहेछन्’ पाहाको अध्ययनका लागि त्यहाँ पुगेका युवा अनुसन्धानकर्ता विराज श्रेष्ठले भन्नुभयो, ‘पाहाको महत्वबारे बताएपछि अब शिकार गरेर नखाने बरु संरक्षण गर्ने बताएका छन् ।’

वालीनालीमा जथाभावी किटनाशक औषधीको प्रयोग नगर्ने, बासस्थान वरपर फोहर नगर्ने, घर बगैंचा, स्कुल लगायत ठाउँको वरपर भएका पोखरीहरुको संरक्षण गर्ने स्थानीय बासिन्दाको प्रतिवद्धता रहेको छ । अनुसन्धानकै लागि मनासलु संरक्षण क्षेत्रमा झण्डै एक महिना बिताएका श्रेष्ठका अनुसार त्यहाँ केही नयाँ प्रजातिका पाहा फेला परेको छ । 

‘ढुंगाको चेपमा ठूलो समूहमा पाहाको बसाई रहेको पनि फेला पुर्‍यो’ श्रेष्ठ भन्नुहुन्छ, ‘उक्त रातो पाहाका बारेमा थप अनुसन्धान गर्नु जरुरी छ ।’ समुद्री सतहबाट ३ देखि ५ हजार मिटरको उचाईमा फैलिएको मनासलु संरक्षण क्षेत्र पाहाको लागि निकै उपयुक्त रहेको उहाँको भनाई छ । बासस्थानको नाश, किटनाशक विषादीको जथाभावी प्रयोग लगायतका कारण नेपालमा पाइने धेरैजसो प्रजातिको पाहा संकटपूर्ण अवस्थामा पुगेको श्रेष्ठले बताउनुभयो । 

पाहाको बच्चा अर्थात चेपागाँडाले जैविक फोहर खाएर पानी सफा राख्न सहयोग गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । यस्तै लामखुट्टे, झिँगा तथा अन्य हानिकारक किरा फट्याङग्राहरुलाई खाएर प्रकृतिमा जिवाणुको संख्या कम गराउन पनि पाहाले नजानिदो गरि सहयोग पुर्‍याउने श्रेष्ठले बताउनुभयो । 

‘माछा, छेपारो, सर्प, चरा र अरु स्तनधारी जीवहरुको मुख्य खानेकुरा पाहा अर्थात भ्यागुतो नै हो ।’ उहाँ भन्नुहुन्छ, ‘जब पाहानै रहँदैनन् भने ती प्राणीलाई बाँच्न कठिन हुन्छ ।’ पाहाको सहयोगमा पानी शुद्ध वा दूषित कस्तो छ भनेर थाहा पाउन सकिने उहाँले बताउनुभयो । ‘चिकित्सा विज्ञानमा पनि भ्यागुतोको धेरै महत्व छ’ उहाँले भन्नुभयो, ‘चिकित्सा क्षेत्रमा प्राप्त भएका नोवेल पुरस्कारमध्ये १० प्रतिशत भ्यागुतोहरुकै अनुसन्धानबाट सफल भएका छन् ।’ तर नेपालमा भने भ्यागुतोको महत्वबारे जनसाधारणसम्म जानकारी पुग्न नसकेको ख्वपः कलेजबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेका श्रेष्ठको भनाई छ । 

विश्वमा पाहालाई माध्यम बनाएर धेरै रोगको उपचार विधि पनि पत्ता लागिसकेको भन्दै उहाँले नेपालमा पनि त्यसप्रकारको अनुसन्धान सम्भव रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मान्छे मार्ने गैँडा र बाख्रा खाने चितुवा जेलमा

    मानिसले गल्ती गरेपछि सजाय भोगेको त सुनिएकै हो । तर वन्यजन्तुले गल्ती गरेपछि जेल सजाय भोग्नु परेको कमै मात्र सुन्न पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा मान्छे मारेको गैँडा र बाख्रा खाएर आतंक मच्चाएको चितुवाले सजाय स्वरुप थुनामा जेल जीवन बिताउनु परेको छ ।

  • देशका धेरै ठाउँमा आज पनि पानी पर्ने

    काठमाडौं, वैशाख १७ – आइतबार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । दिउँसो २÷३ बज...

  • त्रिशूली नदीको दोहन रोकिएन

    धादिङ, वैशाख १३ – त्रिशूली नदीको दोहन बढ्दै गरेको छ । सरकारी निकायको ध्यान चुनावतिर गएको बेला त्रिशूलीको दोहन बढेको हो । गल्छी गाउँपालिकाको जिन्टे बगर रातभरि डोजर चल्छ ।

  • ​जुम्लामा माटो परीक्षण शिविर

    जुम्ला, वैशाख ११ – जुम्लामा माटो परक्षिण शिविर सुरु भएको छ । जुम्लाका स्याउ बगैंचा र स्याउ रोप्न लागेका ठाउँको माटो परीक्षण गर्न लागिएको हो ।

  • अर्ग्यानिक चियाको बजारिकरणमा समस्या

    इलाम, वैशाख ११ – इलाममा अर्ग्यानिक चिया उत्पादन वृद्धि भएको छ । अर्ग्यानिक चिया हेर्दा आकर्षित नदेखिनाले निकासीलाई भने समस्या हुन थालेको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया