MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

वर्षातले कृषक खुशी, उच्च पहाडी क्षेत्रमा हिमपात

भीमकुमार बाँस्कोटा/उज्यालो ।

पाँचथर, चैत ७ – छ महिनापछि वर्षात भएपछि मेची पहाडका किसानहरु खुशी भएका छन् । बाली लगाउने सिजनमै शनिबार बेलुकादेखि वर्षात हुन थालेपछि किसानहरु खुशी भएका हुन् । 

यो सिजननमा पहाडका किसानहरुले मकै, आलुलगायतका बालीहरु लगाउने गर्छन् । बाली लगाउने बेलामा वर्षात भइ जमिन भिजेपछि बाली सप्रने भन्दै किसानहरु खुशी भएका हुन् । ‘असोजदेखि पानी परेको थिएन, हिउँदे बाली कामै नलाग्ने भएको थियो’ सिदिनका चन्द्रप्रसाद खत्रीले भन्नुभयो, ‘बाली लगाउने बेलामा बर्षात भयो, खुशी छौँ ।’ 

यो सिजनमा जमिन भिज्ने गरि पानी पर्दा पहाडका मुख्य नगदेबाली अलैँची राम्ररी फल्ने किसानहरु बताउँछन् । उच्च पहाडी क्षेत्रमा आलु रोप्ने सिजनमा पानी परेको भन्दै उच्च पहाडी क्षेत्रका किसान हर्षित भएका हुन् । ‘आलु रोप्ने बेलामा पानी पर्‍यो, यो साल आलु राम्ररी फल्छ’ प्राङबुङका जीवन राईले भन्नुभयो ।   

उच्च पहाडी क्षेत्रमा भारी हिमपात 

वर्षातसँगै उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । धेरै वर्षपछि हिमपात भएपछि उच्च महाडी क्षेत्रका मानिस खुशी छन् । धेरै वर्षपछि पौवाभञ्ज्याङमा भारी हिमपात भएपछि आफूहरु खुशी भएको पौवाभञ्ज्याङका इन्द्र राईले बताउनुभयो । ‘तीन दिनदेखि निरन्तर हिउँ परिरहेको छ’ राईले भन्नुभयो, ‘हिउँ खेलेर रमाउनेहरुको भीड लागेको छ ।’ झण्डै १० वर्षपछि पौवाभञ्ज्याङमा हिउँ परेपछि स्थानीय बासिन्दा खुशी हुनुका साथै हिउँमा रमाउने आन्तरिक पर्यटकको भीड लागेको हो । 

पाँचथरको पौवाभञ्ज्याङ, सुकेपोखरी, चिवाभञ्ज्याङ, तीनसिमाना, सन्दकपुर चारराते गोरुवाले भञ्ज्याङ लगायतको क्षेत्रमा तीन दिनयता हिमपात भइरहेको छ । ताप्लेजुङको सुकेटार क्षेत्रमा पनि सामान्य हिमपात भएको छ । स्थानीय बासिन्दाका अनुसार गोला, घुन्सा, लेलेप लगायतका क्षेत्रमा भारी हिमपात भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मान्छे मार्ने गैँडा र बाख्रा खाने चितुवा जेलमा

    मानिसले गल्ती गरेपछि सजाय भोगेको त सुनिएकै हो । तर वन्यजन्तुले गल्ती गरेपछि जेल सजाय भोग्नु परेको कमै मात्र सुन्न पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा मान्छे मारेको गैँडा र बाख्रा खाएर आतंक मच्चाएको चितुवाले सजाय स्वरुप थुनामा जेल जीवन बिताउनु परेको छ ।

  • देशका धेरै ठाउँमा आज पनि पानी पर्ने

    काठमाडौं, वैशाख १७ – आइतबार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । दिउँसो २÷३ बज...

  • त्रिशूली नदीको दोहन रोकिएन

    धादिङ, वैशाख १३ – त्रिशूली नदीको दोहन बढ्दै गरेको छ । सरकारी निकायको ध्यान चुनावतिर गएको बेला त्रिशूलीको दोहन बढेको हो । गल्छी गाउँपालिकाको जिन्टे बगर रातभरि डोजर चल्छ ।

  • ​जुम्लामा माटो परीक्षण शिविर

    जुम्ला, वैशाख ११ – जुम्लामा माटो परक्षिण शिविर सुरु भएको छ । जुम्लाका स्याउ बगैंचा र स्याउ रोप्न लागेका ठाउँको माटो परीक्षण गर्न लागिएको हो ।

  • अर्ग्यानिक चियाको बजारिकरणमा समस्या

    इलाम, वैशाख ११ – इलाममा अर्ग्यानिक चिया उत्पादन वृद्धि भएको छ । अर्ग्यानिक चिया हेर्दा आकर्षित नदेखिनाले निकासीलाई भने समस्या हुन थालेको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया