MENU

राजनीति

Ncell Axiata
USAID

चिनियाँ रक्षामन्त्री बिहीबार नेपाल भ्रमणमा आउने

 

काठमाडौं, चैत ७ – उत्तर छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान आगामी बिहीबार नेपालको तीनदिने औपचारिक भ्रमणमा आउने हुनुभएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा उहाँको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ । 

नेपाल भ्रमणका क्रममा जनरल चाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नाका साथै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री खाँणसँग भेटवार्ता गर्नुहुनेछ । रक्षामन्त्री चाङले भूकम्पबाट क्षति भएका वसन्तपुर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन भ्रमण गर्ने बताइएको छ । 

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो तथा सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले राससलाई जानकारी दिनुभयो । नेपालको पूर्वाधार निर्माणमा चीनको सबैभन्दा ठूलो सहयोग रहँदै आएको छ । चीनले पछिल्लो समय नेपालका ऊर्जा, सडक सञ्जाल, प्रविधि तथा व्यापार क्षेत्रमा लगानी र सहयोग गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • इलाममा मतगणनाबारे विवाद

    इलाम, असार १५ – इलामको देऊमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । देऊमाई नगरपालिका वडा नं. ३ को महेन्द्रोदय आधारभूत विद्यालय गाग्रेभञ्ज्याङ्ग (क)मतदान केन्द्रको मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएकोले विवाद भएको निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले बताउनुभयो ।

  • १६८ स्थानीय तहमा मतगणना हुँदै

    काठमाडौं, असार १५ – स्थानीय तहको दोस्रो चरणको चुनाव अन्तर्गत बुधबार मतदान भएका ३ सय ३४ स्थानीय तहमध्ये १ सय ६८ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

  • बैतडीको पुरचौंडी नगरपालिका–१ मा कांग्रेसको प्यानल विजयी

    बैतडी, असार १५ – बैतडीको पुरचौंडी नगरपालिका–१ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ ।

  • कञ्चनपुरः शुक्लाफाँटा र बेलौरी नगरपालिकामा मतगणना सुरु हुन सकेन

    कञ्चनपुर, असार १५ – कञ्चनपुरमा ९ वटा स्थानीय तहमध्ये शुक्लाफाँटा र बेलौरी नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठक नबसेकाले मतगणना सुरु हुन नसकेको हो ।

  • ​दाङको दंगीशरण गाउँपालिकामा एमालेको अग्रता

    दाङ, असार १५ – दाङको दंगीशरण गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका अध्यक्षका उम्मेदवार भागिराम चौधरीले १ सय ४७ मत ल्याएर अग्रता लिनुभएको हो । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार यज्ञनारायाण आचार्यले १ सय २४ मत सहित पछ्याई रहनुभएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया