MENU

राजनीति

Ncell Axiata
USAID

वडाको सङ्ख्या निर्धारण विधेयक पारित

 

काठमाडौं, चैत ७ – गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक, २०७३ लाई परिमार्जनसहित सदनको बहुमतले पारित गरेको छ । उपप्रधान मन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शङ्कर नायकले उक्त प्रस्तावलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। 

यसअघि बैठकमा सभामुख ओनसरी घर्तीले सो विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा बहुमतले ती संशोधनलाई अस्वीकार गरेको थियो । उक्त विधेयकमाथि १० वटा संशोधन परेको थियो । 

बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्नुअघि संशोधनकर्ता राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटी, कृष्णभक्त पोखरेल, रामनारायण विडारी, रेवतीरमण भण्डारी, रामचन्द्र पोखरेल, दीपक कुईंकेल लगायतले संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । 

उहाँहरुले जनताले निर्वाचन र वडाबाट प्राप्त सेवा सुगम ढङ्गबाट होस् भन्ने चाहेकोजस्ता विषय समेटेर प्रस्तुत गर्नुभएको संशोधनमा मन्त्री नायकले सहमति जनाउनुभएको थियो । 

तर नेमकिपाका सांसदहरुले भने आफ्नो प्रस्ताव फिर्ता नलिनु भएको हुँदा निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतले अस्वीकार गरेको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही चैत ८ गते दिनको १ बजे बस्नेछ । रासस 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • इलाममा मतगणनाबारे विवाद

    इलाम, असार १५ – इलामको देऊमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । देऊमाई नगरपालिका वडा नं. ३ को महेन्द्रोदय आधारभूत विद्यालय गाग्रेभञ्ज्याङ्ग (क)मतदान केन्द्रको मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएकोले विवाद भएको निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले बताउनुभयो ।

  • १६८ स्थानीय तहमा मतगणना हुँदै

    काठमाडौं, असार १५ – स्थानीय तहको दोस्रो चरणको चुनाव अन्तर्गत बुधबार मतदान भएका ३ सय ३४ स्थानीय तहमध्ये १ सय ६८ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

  • बैतडीको पुरचौंडी नगरपालिका–१ मा कांग्रेसको प्यानल विजयी

    बैतडी, असार १५ – बैतडीको पुरचौंडी नगरपालिका–१ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ ।

  • कञ्चनपुरः शुक्लाफाँटा र बेलौरी नगरपालिकामा मतगणना सुरु हुन सकेन

    कञ्चनपुर, असार १५ – कञ्चनपुरमा ९ वटा स्थानीय तहमध्ये शुक्लाफाँटा र बेलौरी नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठक नबसेकाले मतगणना सुरु हुन नसकेको हो ।

  • ​दाङको दंगीशरण गाउँपालिकामा एमालेको अग्रता

    दाङ, असार १५ – दाङको दंगीशरण गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका अध्यक्षका उम्मेदवार भागिराम चौधरीले १ सय ४७ मत ल्याएर अग्रता लिनुभएको हो । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार यज्ञनारायाण आचार्यले १ सय २४ मत सहित पछ्याई रहनुभएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया