MENU

अर्थ

Ncell Axiata
USAID

यस्तो छ विश्वकै धनाढ्य बारेको खोज : जुकरवर्गले एक वर्षमा कमाए ११ अर्ब ४० करोड

काठमाडौं, चैत ७ – विल गेट्स यो वर्ष पनि विश्वकै धनी व्यक्ति कायम रहेका छन् । फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धनाढ्य व्यक्तिको सूचीमा गेट्स ८६ अर्ब डलरसहित शीर्ष स्थानमा कायमै रहेका हुन् । गएको वर्षभन्दा उनको सम्पत्तिमा ११ अर्ब डलरको बढोत्तरी भएको छ । 

दोस्रो स्थानमा संचार उद्योगी वारेन बफेट छन् भने तेस्रो स्थानमा अमाजोनका जेफ बेजोस छन् । जेफ यो वर्षको सबैभन्दा भाग्यमानी धनाढ्य समेत भएका छन् । गएको वर्ष पाँचौ स्थानमा रहेका उनले यो वर्ष धनाढ्यका सूचीमा रहेकामध्ये सबैभन्दा धेरै २७ अर्ब ६० करोड डलर कमाएका छन् । चौथो नम्बरमा स्पेनको कपडा उद्योग जाराका एमान्सियो ओर्टेगा छन् । 

यस्तै पाँचौ स्थानमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग छन् । उनको सम्पत्ति गएको वर्षभन्दा ११ अर्ब ४० करोड डलरले बढेको छ । 

विश्वमा धनाढ्यको संख्या र उनीहरुको सम्पत्तिमा भएको वृद्धिले यसवर्ष नयाँ रेकर्ड बनाएको फोब्र्सले जनाएको छ । फोब्र्सका अनुसार यो वर्ष विश्वमा अर्बपतिको संख्या १३ प्रतिशतले बढेर २ हजार ४ पुगेको छ । उनीहरु सबैको सम्पत्ति एकमुष्ट रुपमा गणना गर्ने हो भने १८ प्रतिशतले बढेर  ७६ खर्ब ७० अर्ब डलरभन्दा बढी  छ । 

यो वर्ष अर्बपतिको सूचीमा १ सय ९५ जना नयाँ व्यक्ति समावेश भएका छन् । जसमा सबैभन्दा धेरै चीनका ७६ जना र अमेरिकाका २५ जना छन् । तर समग्रमा ५ सय ६५ जना अर्बपतिसहित अमेरिका पहिलो स्थानमा छ भने ३ सय १९ जना अर्बपतिसहित चीन दोस्रोमा छ । बेलायतका भने ५४ जना अर्बपति सूचीमा समावेश छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो वर्ष १ अर्ब डलर गुमाउँदै साढे ३ अर्ब सम्पत्तिमा खुम्चन पुगेका छन् । उनी सूचीको ५ सय ४४ औं स्थानमा छन् । 

विनोद चौधरीको सम्पती एक अर्ब ३० करोड डलर

नेपालका उद्योगपति विनोद चौधरी पनि विश्वका अर्बपतिको सूचीमा परेका छन् । उनी १५६७ औं स्थानमा छन् । उनको सम्पत्ति १ अर्ब ३० करोड डलर रहेको फोब्र्सले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सुनको भाउ बढ्यो

    काठमाडौं, वैशाख १७ – सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आइतबार तोलामा सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ शुक्रबारको भन्दा दुई सय रुपैयाँले महंगो हो ।

  • आइतबारका लागि रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको सटही दर

    काठमाडौं, वैशाख १७ – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३२ पैसा र विक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ ।

  • हिमालय एअरलाइन्सले काठमाडौं-दुबई सिधा उडान सुरु गर्‍यो

    नेपाल-चीनको सँयुक्त लगानिमा सञ्चालित हिमालय एअरलाइन्सले काठमाडौं-दुबई प्रत्यक्ष उडान सुरु गरेको छ । शुक्रबार विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १० बजेर ४० मिनेट जाँदा उडाएर दुबईको अलमकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १ बजेर २५ मिनेट जाँदा अवतरण गराइएको हो ।

  • ​शुक्रबार रियाल, दिर्हाम र रिंगिट स्थिर

    काठमाडौं, वैशाख १५ – नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २८ पैसा र विक्रिदर २७ रुपैयाँ ४४ पैसा रहेको छ ।

  • कर छुट दिइएकामा लेखा समितिको आपत्ति

    काठमाडौं, वैशाख १४ – व्यवस्थापिका-संसद् सार्वजनिक लेखा समितिले कर फछ्र्योट आयोगको नाममा कर छुट दिइएको भन्दै छानबिन प्रक्रिया अगाडि बढाउने भएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया