MENU

राजनीति

Ncell Axiata
USAID

सोमबार दिनभर के भए देशभर ? पढ्नुहोस् एकै ठाउँमा मुख्य खबर

काठमाडौं, चैत ७ - सोमबार पनि देशभरको मौसम बदली भएर केही ठाउँमा पानी पर्यो । सप्तरीमा त ठूलो असिना पानी पर्यो । सोमबार नै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउन गएका राप्रपाका नेता कार्यकर्ता प्रहरीको लाठीबाट घाइते भए । सोमबार दिनभरका मुख्य खबर पढ्नुहोस् ।

आईजिपी नियुक्तिबारेको फैसला भोलि

प्रहरी महानिरीक्षकको बढुवासम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतले भोलि मात्र फैसला सुनाउने भएको छ । आज सरकारी पक्षका र डिआइजी नवराज सिलवाल पक्षका वकिलहरुको बहस सकिएको छ ।

बहस सकिए पनि राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउनुपर्ने भएकाले समय अभाव भन्दै आज फैसला नसुनाइएको हो । विस्तृतमा पढ्नुहोस्

यसैबीच, डिआइजी प्रकाश अर्यालले पनि आफूलाई आइजिपी बनाउनु पर्ने भन्दै सर्वोच्चमा रिट दायर गर्नभएको छ । मर्यादाक्रमको दोस्रो नम्बरमा रहेका डिआइजी अर्यालले आफूलगायत चारै जना डिआइजीको कार्यसम्पादन मूल्याङ्कन फाइल हेर्नु पर्ने भए पनि अदालतले आफूबाहेको मात्र हेरेको भन्दै रिट दायर गर्नुभएको हो । अर्यालले पनि रिट दर्ता गरेपछि आइजिपी नियुक्ती मुद्दा थप जटिल बनेको छ । 

चुनाव सम्बन्धी थप दुई विधेयक पारित

व्यवस्थापिका संसदले चुनाव सम्बन्धी थप दुईवटा विधेयक पारित गरेको छ । संसदले निर्वाचन क्षेत्र निर्धारण विधेयक र गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक, २०७३ लाई परिमार्जनसहित बहुमतले पारित गरेको हो ।

विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारणका लागि बाटो खुल्नेछ । संघीय संसदको एक चुनाव क्षेत्रमा प्रदेशसभाको दुईवटा क्षेत्र रहनेछ । त्यस्तै अहिले कायम भएका स्थानीय तहको वडाको केन्द्र निर्धारण गर्ने अधिकार सम्बन्धी स्थानीय तहको सभालाई दिएको छ ।

पहिलोपटक बहुमतका आधारमा वडाको केन्द्र सार्न सिफारिस गर्न सकिने छ भने त्यसपछि दुई तिहाइ बहुमतले स्वीकृत पास गरेर मन्त्रिपरिषद्ले अनुमोदन गर्नुपर्छ । यी दुई विधेयक पारित भएसँगै चुनावका लागि चाहिने ६ वटा कानुनले पूर्णता पाएको छ । सरकारले अझै ३ वटा विधेयक संसदबाट पारित गराउनुपर्नेछ । 

सत्तारुढ राप्रपाका नेता कार्यकर्ता र प्रहरीबिच झडप

निर्वाचन आयोगको केन्द्रिय कार्यालय घेराउ गर्न गएका राप्रपाका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । झडपका क्रममा प्रहरीले केहि राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठि चार्ज गरेको छ ।

त्यसक्रममा आफ्ना २० जना कार्यकर्ता घाइते भएका राप्रपाका नेता राजाराम श्रेष्ठले बताउनुभयो । प्रहरीको लाठीले केन्द्रिय सदस्य तथा कलाकार कोमल वली पनि घाइते हुनुभएको छ । 
थप पढ्नुहोस् :
राप्रपा कार्यकर्ता र प्रहरीबिचको झडपमा कोमल वली घाइते, मोडल अस्पतालमा उपचार हुँदै 

हिन्दु राष्ट्र र राजतन्त्रको निर्णयबारे पुनर्विचार गर्ने आयोगको आश्वासन

निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन

 नेकपा एमालेको आजको स्थायी समिति बैठकले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिप्रति सजग रहनुपर्ने भन्दै निर्वाचन आयोगलाई तयारी तीव्र बनाउन पनि आग्रह गरेको छ । 

एमालेले कार्यकर्ताहरुलाई तयारीमा लाग्न आन्तरिक तयारी पनि प्रारम्भ गर्ने सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । निर्वाचनको मिति घोषणा भएर निर्वाचन आयोगद्वारा आचारसंहितासमेत जारी गरी लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिता विपरीत बजेटको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढङ्गले कर्मचारीको सरुवा, बढुवा तथा पदस्थापन गर्ने जस्ता कार्यप्रति बैठकको गम्भीर ध्यानाकर्र्षण भएको सो पार्टीको विज्ञप्तिमा जनाइएको छ । 

बैठकले संविधान संशोधनका सन्दर्भमा पार्टीले यस अगाडि राख्दै आएका अडानप्रति पुनः जोड दिँदै संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचनको सुनिश्चितता गर्दै लोकतान्त्रिक स्थायित्वमार्फत् मुलुकको समृद्धिका दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिलाई आह्वान गरेको छ । बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा विपक्षी नौ राजनीतिक दलका बीचमा छलफल गरी एकीकृत धारणा बनाउने निर्णय पनि गरेको छ ।     रासस 

दक्षिण एसियामा नेपाल खुसी हुने देशको तेस्रो नम्बरमा

दक्षिण एसियामा नेपाल खुसी रहने तेस्रो राष्ट्र बनेको छ । खुसीसम्बन्धी विश्व प्रतिवेदन २०१७ का अनुसार दक्षिण एशियामा नेपाल खुसी हुने राष्ट्रको तेस्रो स्थानमा परेको हो । गत वर्षको तुलनामा नेपालमा खुसी हुने राष्ट्रको सूचीमा पनि माथि चढेको छ । विस्तृतमा पढ्नुहोस् ।

धेरै ठाउँमा वर्षा, असिनाले केहीबेर राजमार्ग नै अवरुद्ध

देशका धेरै ठाउँमा आज मौसम बदली भएर पानी परेको छ । आज पश्चिमको धनगढी र नेपालगञ्ज बाहेकका सबै ठाउँमा र पूर्वमा विराटनगर र जोमसोमबाहेक अरु ठाउँका स्टेसनमा वर्षा रेकर्ड गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सबैभन्दा धेरै सिमरामा २७ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । यस्तै, सप्तरी, पाँचथरलगायत केही ठाउँमा असिना पानी परेको छ । प्रिमनसुनको समयमा मेघ गर्जनसहित वर्षा गराउने बादलका कारण असिना पानी पर्ने तथा चट्याङ पर्ने मौसमविद्ले जनाएका छन् ।

मौसममा आजदेखि सुधार हुन थालेको र एक दुई दिनमा मौसम पूर्ण रुपमा सफा हुने विभागले जनाएको छ ।  जमिन तात्ने गरी घाम लाग्न नपाउँदा र बढ्दो प्रदुषणका कारण चिसो भने नहटेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । 

यो पनि पढ्नुहोस् :

 एक घण्टासम्म पर्‍यो असिना पानी, महेन्द्र राजमार्ग केहीबेर अवरुद्ध

असिनाले भेडेटार ढपक्कै ढाक्यो

मापदण्डमा नपरेका निजी स्वास्थ्य संस्था बन्द हुने

मापदण्डमा नपरेका निजी स्वास्थ्य संस्थालाई सरकारले बन्द गर्ने भएको छ । स्वास्थ्य संस्था सञ्चालनका लागि अनुमति र नवीकरण गर्न निवेदन नदिएका निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने भएको हो । मन्त्रालयले गएको फागुन मसान्तसम्म्मा संस्था सञ्चालनका लागि अनुमति र नवीकरणका लागि निवेदन दिन समय दिएको थियो ।

धेरैजसो मेडिकल कलेजले निवेदन दिएका छन् तर धेरै क्लिनिकले भने अझै कानुनी दायरामा नआएकाले उनीहरुलाई कारबाही गर्ने मन्त्रालयले  तयारी गरेको हो । दर्ता नगरी निजी क्लिनिक तथा अस्पताल सञ्चालन गर्नेको सूची सार्वजनिक गरी बन्दै गर्नेसम्मको कारबाही हुने मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

यस्तो छ विश्वकै धनाढ्य बारेको खोज : जुकरवर्गले एक वर्षमा कमाए ११ अर्ब ४० करोड

मौरीपालनबाट मनग्य आम्दानी ‘छाना, माना र नानाका लागि विदेशीनु पर्दैन’

खेती किसानी गर्ने प्रमोदलाई व्यापारी भएर रसिया पुगेको पत्तो भएन

कुन जिल्लामा कुन दलले चुनावमा भाग लिँदैछन् ? (सूचिसहित)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया