MENU

समाज

Ncell Axiata
NIC Asia

लाइन बस्दा पनि भाँडो रित्तै, खोलाको दूषित पानीको भर

बैतडी, चैत ८ – बैतडीको मेलौली नगरपालिका–६ की मधु भट्टले दुई घण्टा लाइन बसेर मात्रै पानी भर्न पाउनु भयो । लाइनमा कुर्दाकुर्दै कुनै दिन त पानी नै नआएर रित्तै भाडा फर्काउनु पर्ने बाध्यता पनि रहेको उहाँले बताउनुभयो । भर्खरै गाविसबाट नगरपालिका भएको खुशी एकातिर भएपनि पानीको दुःख नहटेकोमा भने उहाँको गुनासो छ ।

‘सुख्खायाम सुरु भएसँगै मुहानको पानी घट्दै गयो, जनसंख्या वृद्धि भयो, दिनभर लाइनमा बस्नुपर्छ’ उहाले भन्नु भयो । पुरानो खानेपानी आयोजना मर्मत संभार नहुँदा मेलौलीका बासिन्दाले सँधैजसो पानीको समस्या भोग्नु परेको छ । पानीकै लागि एक घण्टा टाढाको खोलामा धाउनु पर्ने र त्यही खोलाको फोहोर पानी ल्याउनु पर्ने बाध्यता छ । अग्लो ठाँउ अन्य मुहान नहुदाँ मेलौलीमा  खानेपानीकै समस्या हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । मेलौलीबाट झण्डै ११ किलोमिटर पररहेको दशरथचन्द नगरपालिकाको ग्याल्लेकमा तीन दशकअघि बनाएको खानेपानी आयोजना जिर्ण बन्दा झनै समस्या भएको स्थानीय बासिन्दा बताउँछन् । मेलौली बजारमा खानेपानीको समस्या भएपछि जीप, घोडा खच्चरमा पानी बोकाएर ल्याएको पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय सुरत पार्कीले बताउनुभयो । 

मेलौलीमा रहेको ग्वाल्लेक मणिलेक खानेपानी आयोजना  समय–समय  बिग्रँदा झनै समस्या भएको होटल सञ्चालक सीता चन्दले बताउनुभयो । लामो दूरीको पुरानो खानेपानी आयोजना  पाइप बिग्रेपछि समयमै मर्मत नहुँदा अहिले हप्ताको दुई तीन दिनमात्रै पानी आउने गरेको उहाँले बताउनुभयो । गर्मी याम लाग्दै गएको छ, अब पानी झन बढी चाहिन्छ । तर खानेपानीकै लागि समस्या भएको ठाउँमा अरु काम कसरी गर्ने भन्दै गाउँले चिन्तामा छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​सोलुखुम्बुको बागमको एक घरमा आगलागी

    सोलुुखुम्बु, पुस २ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ बागमको एक घरमा आगलागी हुदाँ झण्डै ७० लाख बराबरको क्षति भएकोे छ । नीय तेन्डि शेर्पाको घरमा शनिबार बेलुका ग्यास लिग भएर आगलागी हुदाँ यति क्षति भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

  • लिफ्ट मागेर मोटरसाइकल चढेका सुनारको खसेर मृत्यु

    काठमाडौं, पुस २ – काठमाडौंको आरुबारीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । बा ३३ प ६४१४ नम्बरको मोटरसाइलबाट खस्दा बौद्धका ६३ वर्षका जयलाल सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • भारत पस्दै छन् १४ वर्षका कमलदेखि ६५ वर्षका गम्भीरेसम्म

    बैतडी, पुस २ – बैतडीको गाठालापानीमा मानिसको लस्कर भेटियो । उनीहरु आराम गरिहेका थिए । तीनै मध्येका एक थिए, कमल बोहरा । उनको उमेर १४ वर्ष भयो ।

  • खाेलामा माछा मार्न जाँदा करेन्ट लागेर मृत्यु

    नुवाकोट, पस १ – लिखु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ । अवैद्य रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दा शिवपुरी गाउँपालिका–६ समुन्द्रदेवीका वीरबहादुर तामाङ ज्यान गएको प्रहरीले जनाएको छ ।

  • जाजरकोटमा बनाउँदै गरेको घर भत्किँदा एकको मृत्यु

    जाजरकोट, पुस १– जाजरकोटमा बन्दै गरेको घर भत्किँदा कुशे गाउँपालिका ६ छहरा गाउँमा एक महिलाको ज्यान गएको छ । घर भत्किँदा शुक्रबार साँझ कुशे गाउँपालिका –३, की ४८ वर्षीया दुर्गा बुढाको ज्यान गएको हो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया