MENU

राजनीति

Ncell Axiata
USAID

स्थानीय चुनावमा भोट कसरी हाल्ने ?

काठमाडौं, चैत ८ – वैशाख ३१ गते हुने चुनावका लागि निर्वाचन आयोग र दलहरुले तयारी तीव्र बनाइ रहेका छन् । आयोगले आइतबारदेखि नै केन्द्रीयस्तरबाट गर्नुपर्ने तयारी सकेर जिल्ला स्थानीय तहमा ध्यान केन्द्रित गरेको छ ।

चुनावका लागि चाहिने सबै किसिमका सामग्रीको बन्दोबस्त गर्दै आयोगले मतपत्र छाप्न सुरु गरेको छ । हुँदै गरेको स्थानीय चुनावमा नागरिकले आफ्नो अभिमत प्रकट गर्न मतपत्रमा कसरी र कति ठाउँमा छाप लगाउनु पर्छ त ?

वैशाख ३१ गते हुने चुनावका लागि निर्वाचन आयोगले ६ किसिमका एक करोड ६० लाख मतपत्र छाप्न सुरु गरेको छ । अरु चुनावमा एउटा मतपत्रमा एक ठाउँमा मात्र छाप अर्थात स्वस्तिक चिन्ह लगाउनुपर्ने भए पनि योपटक एउटै मतपत्रमा सात ठाउँमा छाप लगाउनुपर्छ ।

गाउँ वा नगरपालिकाका प्रमुख र उपप्रमुख, एकजना वडा अध्यक्ष र चारजना वडा सदस्य गरी सात जनालाई भोट दिन पाइने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माको भनाई छ । जनक शिक्षा केन्द्रमा धमाधम छापिरहेको मतपत्रमा अहिले संसदमा रहेका दलको हैसियतअनुसार वरियता क्रम तोकिएको छ ।

जसअनुसार पहिलो नम्बरमा कांग्रेसको रुख, दोस्रोमा एमालेको सूर्य, तेस्रो नम्बरमा माओवादी केन्द्रको गोलाकारभित्रको हसिया हथौडा, चौथोमा राप्रपाको गाई चिन्ह राखिएको छ । यस्तै गरी अरु दलको पनि क्रमिक रुपमा चुनाव चिन्ह रहेका छन् ।

मतदान गर्दा बायाँतर्फबाट क्रमिक रुपमा आफ्नो गाउँ वा नगरपालिकाको प्रमुख, दोस्रोमा उपप्रमुख र तेस्रोमा वडा अध्यक्षका लागि छाप लगाउनुपर्छ । त्यस्तै चौथोमा महिला सदस्य, पाँचौंमा दलित महिला सदस्यका लागि मतपत्रले स्थान दिएको छ ।

मतपत्रको दायाँतर्फका दुईवटा कोलममा खुलातर्फका दुई जनावडा सदस्यको चिन्ह हुन्छ । स्थानीय चुनावमा जिल्लाअनुसार फरक फरक आकारका मतपत्रको प्रयोग हुनेछ । जुन जिल्लामा धेरै राजनीतिक दलहरुले भाग लिँदै छन् त्यहाँ ठूला र थोरै दल मात्र भएको जिल्लामा साना आकारका मतपत्र प्रयोग हुँदैछ ।

काठमाडौंमा ४७ दलले भाग लिने भएकाले सबैभन्दा ठूलो र मनाङमा ६ दलले मात्र भाग लिने भएकाले मतपत्रको आकार सबैभन्दा सानो हुनेछ । चुनावमा कसरी मतदान गर्ने भनेर सिकाउन निर्वाचन आयोगका कर्मचारी तपाईका गाउँ टोलमा पनि आउँदै छन् ।

आफूले नबुझेका कुरा सिक्दै २० वर्षपछि हुन लागेको चुनावमा सक्षम व्यक्ति चयन गर्ने महत्वपूर्ण अवसर गुम्न नदिनु हरेक मतदाताको अधिकार र दायित्व पनि हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया