MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

अमेरिकी चुनावमा रुसी हस्तक्षेपः अनुसन्धान भइरहेको एफबिआई निर्देशक गरे पुष्टि

चैत ८ – अमेरिकाको संघीय जाँच आयोग (एफबिआई) का निर्देशक जेम्स कोमीले गएको वर्ष नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा रुसले गरेको दखल बारेमा एफबिआईले अनुसन्धान गरिहेको पुष्टि गर्नुभएको छ । कांग्रेसले अमेरिकी गुप्तचर निकायले गरिरहेको अुनसन्धानका सम्बन्धमा गरेको सुनुवाईको क्रममा एफबिआई निर्देशक कोमीले गएको नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा रुसी प्रभावका सम्बन्धमा एफबिआईले अनुसन्धान गरिरहेको पहिलो पटक पुष्टि गर्नुभएको हो । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो टेलिफोन ह्याक गरेको भन्ने आरोप बारे प्रमाण फेला नपारेको कोमीले बताउनुभयो । राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले आफ्नो टेलिफोन ह्याक गरेको आरोप लगाउँदै आउनुभएको छ । तर उहाँले यसबारे कुनै प्रमाण भने दिनुभएको छैन । निर्देशक कोमीले कांग्रेसको इन्टेलिजेन्स कमिटिलाई एफबिआईले गरिरहेको अनुसन्धान सम्बन्धी प्रमाण पनि प्रदान दिनुभएको छ । ट्रम्प प्रशासनले राष्ट्रपति चुनावमा रुसले कुनै किसिमको दखल नदिएको बताउँदै आएको छ । ट्रम्प र रुसबिच पनि कुनै सम्बन्ध नरहेको ह्वाइटहाउसको दाबी छ ।

रुसले पनि आरोप अस्वीकार गर्दै आएको छ । एफबिआईले अहिले ट्रम्पको चुनावी अभियानमा रहेका व्यक्ति र रुसका सरकारी अधिकारीबिचको व्यक्तिगत सम्बन्ध र त्यसको राष्ट्रपति चुनावमा रहेको सम्बन्धका बारेमा अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ । ट्रम्पको चुनावी अभियान र रुसबिचको सहकार्यका विषयमा पनि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । कोमीले अनुसन्धान निकै जटिल रहेको भन्दै यो कहिलेसम्म सकिन्छ यकिन गर्न नसिकने बताउनुभयो ।

यस्तै राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) का प्रमुख माइक रोजर्सले पनि कांग्रेसको कमिटिमा एनएसएले गुप्तर विभागको प्रतिवेदनलाई पछ्याउने बताउनुभयो । तर ह्वाइट हाउसका प्रवक्ता शान स्पाइसले भने अहिले भइरहेका अनुसन्धानले ट्रम्प प्रशासनलाई केही प्रभाव नपार्ने र यसमा चासो पनि नदिएको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया