MENU

साहित्य/ कला

Ncell Axiata
USAID

विश्व कविता दिवसः कविता मानवीय विविधताको झ्याल

काठमाडौं, चैत ८ - विश्व कविता दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानले कविता गोष्ठी आयोजना गरेको छ । यस्तै भक्तपुरमा पनि विशेष कार्यक्रम हुँदैछ । अरु साहित्यिक संघ–संस्थाले पनि कार्यक्रम गर्दै छन् ।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघको शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००२ देखि मात्रै कविता दिवस मनाउन थालिएको हो ।

कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्‍याउने भएकाले समृद्ध समाजका लागि निकै महत्वपूर्ण रहेको युनेस्कोले जनाएको छ । कविता मानवीय विविधताको सुन्दर प्रस्तुतिसहितको झ्याल रहेको युनेस्कोकी महानिर्देशक इरिना बोकोभाले बताउनुभएको छ ।

कविताले मानवीयताको विकास तथा सहकार्य, सहयोग, आत्मसम्मान र चेतना अभिवृद्धीमा सहयोग पुर्‍याउने युनेस्कोले जनाएको छ । कवितात्मक अभिव्यक्तिले भाषाको संरक्षणमा पनि सहयोग पुग्ने युनेस्कोको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया