MENU

खेल

Ncell Axiata
USAID

रोनाल्डो बने वर्ष खेलाडी

चैत ८ – क्रिष्टियानो रोनाल्डो पोर्चुगलको वर्ष खेलाडी घोषित भएका छन् । लिस्बोनमा सोमबार राति भएको अवार्ड समारोहमा रोनाल्डोलाई वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो । रोनाल्डोले रियल मड्रिडका साथी खेलाडी पेपे र स्पोर्टिङ लिस्बोनकाका गोलरक्षक रुइ पेट्रिसियोलाई पछि पार्र्दै अवार्ड जितेका हुन् । रोनाल्डोले गएको वर्ष आफ्नो नेतृत्वमा पोर्चुगललाई युरोकपको उपाधि दिलाएका थिए । यस्तै रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि उनको महत्वपूर्ण भूमिका थियो । उनले यसअघि बालोन डी’ओर र फिफा वर्ष खेलाडीको अवार्ड जितिसकेका छन् । अवार्ड ग्रहण गर्दै रोनाल्डोले साथी खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा समर्थकलाई धन्यबाद दिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पेनाल्टीमा चुक्यो पोर्चुगल, चिली गोलकिपर ब्राभो बने घातक

    असार १५ – पोर्चुगललाई टाइब्रेकरमा हराउँदै चिली फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति रुसको कजानमा भएको सेमिफाइनलमा निर्धारित र थप गरिएको ३० मिनेटको समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

  • रोनाल्डोलाई बल छुन नै नदिने रणनीति

    असार १४ – चिलीले पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई बल सकेसम्म छुन नदिने रणनीति लिने भएको छ । चिलीले फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा बुधबार राति पोर्चुगलसँग खेल्दैछ ।

  • जर्मनी र स्पेन फाइनलमा

    असार १४ – जर्मनी र स्पेन २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको फाइनलमा आ–आफ्नो खेल जित्दै जर्मनी र स्पेनले उपाधि यात्रा तय गरेका हुन् ।

  • भारतका बुमराह र दक्षिण अफ्रिकाका ताहिरलाई पछि पार्दै पाकिस्तानका वासिम नम्बर एक

    पाकिस्तानका बाँया हाते स्पिनर इमाद वासिम आइसिसी ट्वेन्टी ट्वेन्टी बलरको वरियतामा नम्बर एकमा पुगेका छन् । यसअघि नम्बर एकमा रहेका दक्षिण अफ्रिकाका इमरान ताहिर तेस्रो र भारतका जसप्रित बुमराह दोस्रोमा छन् ।

  • दक्षिण कोरियाका मेस्सी

    दक्षिण कोरियाका ‘लियोनल मेस्सी’का रुपमा चिनिएका लि स्योङ वु सन् २०११ देखि बार्सिलोनामा छन् । तर अहिलेसम्म उनले बार्सिलोनाको ‘बि’ टिमबाट एक खेल खेल्न पाएका छन्, जसका कारण उनी आफ्नो करिअर एकै ठाउँमा अड्किएको भन्दै असन्तुष्ट छन् ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया