MENU

राजनीति

USAID

नेपाल प्रहरी महानिरीक्षक नियुक्ति विवाद : सर्वोच्च आदलतले आज फैसला सुनाउँदै

काठमाडौं, चैत ८ – नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धमा परेको मुद्दामा सर्वोच्च आदलतले मंगलबार फैसला सुनाउँदै छ ।

प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि मंगलबार फैसला गर्ने सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

मुद्दामा सरकारकातर्फबाट उपन्यायाधीवक्ता रेवती त्रिपाठी र सहन्यायाधीवक्ता टीकेन्द्र दाहालले बहस गर्नुभएको थियो । नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यस्तै आफू वरियताको १ नम्बरमा रहेको भन्दै नवराज सिलवालले पनि रिट निवेदन दिनुभएको थियो । त्यसमा पनि अदालतले अल्पकालीन आदेश दिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • थप विद्युत उपलब्ध गराइदिन आग्रह

    काठमाडौं, चैत ११ – भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपाललाई थप विद्युत उपलब्ध गराउन भारत सरकारसमक्ष आग्रह गर्नुभएको छ ।

  • शुक्रबारका मुख्य खबर के के ? पढ्नुहोस् एकै ठाउँमा

    काठमाडौं, चैत ११ - वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि चहलपहल बढ्दैछ । निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ भने गाउँठाउँमा चुनावकै बहस केन्द्रित हुन थालेको छ । शुक्रबार पनि चुनावकै खबरले प्राथमिकता पाएको छ । चुनावसँग सम्बन्धित सहित अरु खबर पढ्नुहोस् ।

  • दलको चुनाव चिन्ह लिएर चुनावमा जान नपाएकालाई स्वतन्त्र उम्मेदवारी दिन आयोगको आग्रह

    काठमाडौं, चैत ११ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलको चुनाव चिन्ह लिएर चुनाव लड्न नपाएकाहरुलाई स्वतन्त्र उम्मेदवारी दिन आग्रह गर्नुभएको छ ।

  • दुई विधेयक प्रमाणीकरण

    काठमाडौं, चैत ११ – राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ लाई शुक्रबार प्रमाणीकरण गर्नुभएको छ ।

  • मतदाता शिक्षामा ७५ करोड खर्च हुने

    वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा ‘मतदता शिक्षा कार्यक्रम’ सञ्चालन गर्न ७५ करोड खर्च हुने भएको छ । मतदाता शिक्षाका लागि चाहिने सामग्रीदेखि जनशक्ति परिचनालन गर्न आयोगले ७५ करोड खर्च गर्ने तयारी गरेको हो ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया