MENU

साहित्य/ कला

कविता-भेदभाव आमा

 

                                              कविता

                                                     सृष्टिको मनको कुरा

 

                                                                                              -दिव्या बज्रार्चाय

 

भोक लाग्यो पर्ख है

भाइलाई नि पहिला ख्वाउँछु

आमा स्कूल जान ढिलो हुन्छ

पर्ख न पर्ख एकछिन आमा...!!.

भाइले दूध पोखायो

तिम्रो भाग देउन....।

तिम्रै भाइ हो दे न दे ....।

आमा...

भाइको पेन्सील भाच्यो तिम्रो देउ...... न....।

 म तिमिलाई अर्को किनिदिन्छु नाई दिन्न दिन्न......!!

 म मरे पनि दिन्न ......!!

हेर छोरी त्यसो भन्नु हुँदैन छोरीको जात हो

सबै सहनु पर्छ

सबै त्याग गर्न सिक्नु पर्छ

तिम्रै भाइ हो दे न दे ....।

हेर तेरो दाइको स्कूलड्रेसमा

आइरन गर्नुपर्ने मैले फुर्सद नै पाएको छैन

 तैले गर्न सक्छेस होला गर ।

छोरी गरिदेउ ...।

आमाले नि दाइलाई भन्नुस्

बहिनीको लुगा आइरन गरिदेउ

 उसको भागको दूध पनि

बहिनीलाई बाँडेर ख्वाउ भन्नुस्

मेरो पेन्सील भाँच्दा

भाइलाई पनि भन्नुस्

दिदीलाई दिनु पर्छ भनी

 दिदीलाई भोकलाग्दा

बाँडी चुडी खानु पर्छ भनी सिकाउनु न ...।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

  • कम्युनिस्ट हुन रक्सी पिउँदा‍...

    प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया