MENU

साहित्य/ कला

Ncell Axiata
chhaka panja

​सुदूरपश्चिममा मिडियाको अवस्था सम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं, चैत ९ – सुदूरपश्चिमाञ्चल विकास क्षेत्र (प्रदेश नं.७) मा मिडियाको अवस्था र पहुँच सम्बन्धी अनुसन्धानात्मक पुस्तक सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपाल र एलायन्स फर सोसल डाइलगले अनुसन्धान रिपोर्ट प्रकाशित गरेका हुन् । अध्ययन अनुसार सुदूरपश्चिममा दैनिक पत्रिकाको पहुँच १० प्रतिशत, टेलिभिजनको २० प्रतिशत, केवलको ७ प्रतिशत र एफएम रेडियोको पहुँच ४८ प्रतिशत रहेको छ । अध्ययनका लागि २०७१ साल मंसिरदेखि चैतसम्ममा तथ्यांक संकलन गरिएको थियो । सुदूरपश्चिममा दर्ता भएका तीन सय ९७ पत्रिका मध्ये ७९ पत्रिका नियमित छन् । ५७ वटा एफएमले अनुमति पाएकामा ५० वटा सञ्चालित छन् । रेडियो र पत्रिकामा गरी १२ सय ४१ जनशक्ति रहेकोमा ६ सय ५० पत्रकार छन् । 

सुदूरपश्चिममा रेडियो, पत्रपत्रिका र केवलमा ४० करोड ६० लाख रुपैयाँ लगानी रहेको छ ।  यस क्षेत्रका मिडियाले वार्षिक रुपमा १० करोड रुपैयाँको हाराहारीमा विज्ञापन पाउने गरेका छन् । अध्ययन मिडियाको अवस्था, पहुँच, लगानी, जनशक्ति,  बजार, विज्ञापनको अवस्था, मिडियाले भोग्नु परेका समस्या र चुनौतीमा केन्द्रित छ  ।  

अध्ययनले क्षेत्रीय र स्थानीय मिडियाको विकास र प्रवर्द्धनका लागि स्थानीय पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनलाई प्रोत्साहन गर्ने क्षेत्रीय सञ्चार नीति आवश्वयक रहेको देखाएको छ । साथै लोककल्याणकारी विज्ञापन र मिडिया विकास कोषमार्फत सुदूरपश्चिम क्षेत्रको मिडियाको विकासमा राज्यको थप सक्रियता आवश्यक रहेको  पनि अध्ययनले देखाएको छ । पुस्तक चभकभबचअज।दगतmभमष्ब।यचन बाट निशुल्क डाउनलोड गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया