MENU

विज्ञान प्रविधि

Ncell Axiata
chhaka panja

माछाको तेलले शिशुको मस्तिष्क थप तीक्ष्ण बनाउँदैन–अनुसन्धान

चैत १० – माछाको तेलले शिशुको मस्तिष्कको विकासमा थप सहयोग नगर्ने अनुसन्धानले देखाएको छ । गर्भवती भएका बेला माछाको तेल प्रयोग गरेमा शिशुको मस्तिष्क थप तीक्ष्ण हुने विश्वास रहँदै आएको छ । तर २५ सय भन्दा धेरै गर्भवती महिलामा गरिएको नयाँ अध्ययनले माछाको तेलको प्रयोगले गर्भमा गरहेको शिशुको मस्तिष्क थप विकास गर्न कुनै सहयोग गर्ने नदेखिएको अनुसन्धानकर्ताले बताएका छन् । अस्ट्रेलियाका अनुसन्धानकर्ताले १० वर्ष लगाएर गरेको अनुसन्धानबाट माछाको तेलको प्रयोगले गर्भमा रहेको शिशुको बुद्धिको थप विकासमा कुनै प्रभाव नपार्ने देखिएको हो ।

माछाको तेलको प्रयोगले गर्भको समय भने केही बढाउने देखिएको तर यसलाई पुष्टि गर्नका लागि थप अनुसन्धानको खाँचो रहेको अनुसन्धानमा संलग्न डा. ज्याकलिन गोउल्डले बताउनुभयो । माछाको तेल उत्पादकले भने गर्भवतीले तेल प्रयोग गरेमा शिशुको मस्तिष्क थप तीक्ष्ण हुने भन्दै प्रचारप्रसार गर्ने गरेका छन् ।

तर नयाँ अनुसान्धानले त्यस्तो नदेखिएको साउथ अस्ट्रेलियन हेल्थ एण्ड मेडिकल रिसर्च इन्स्टिच्युडका अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धान प्रतिवेदन जर्नल अफ दि अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित भएको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया