MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

रातो आइफोन, मूल्य कति ?

चैत ११ – एप्पलको आइफोन सेभेन र सेभेन प्लसको विशेष संस्करण रेड बजारमा आएको छ । एचआइभी एड्स विरुद्ध सहयोग गर्दै आएको एप्पलले कोष जुटाउनका लागि आइफोन सेभेन र सेभेन प्लसको रातो रंगको विशेष संस्करण ल्याएको हो । रातो रंगको आइफोन शुक्रबारदेखि विश्वका ४० देशका बजारबाट बिक्री सुरु भएको हो । रेडसँगको सहकार्यमा एप्पलले आइफोन सेभेन र सेभेन प्लसको प्रोडक्ट रेड विशेष संस्करण बजारमा ल्याएको हो । एप्पल र रेडबिच १० वर्षदेखि एचआइभी विरुद्धको अभियानमा सहकार्य रहँदै आएको छ । एड्स–फ्रि जेनेरेसन निमार्णमा सहयोग गर्नका लागि विश्वव्यापी रुपमा सहयोग जुटाउने उद्देश्यले एप्पलले रातो रंगको आइफोन बजारमा ल्याएको हो । प्रोडक्ट रेड आइफोन सेभेन र सेभेन प्लस १२८ जिबी र २५६ जिबी मोडलमा उपलब्ध हुनेछन् । यसको मूल्य ७४९ अमेरिकी डलरदेखि सुरु हुनेछ । शुक्रबारदेखि अमेरिकासहित विश्वका ४० भन्दा बढी देशका बजारमा पुगेको रेड आइफोन अप्रिलमा विश्वका अरु देशमा पुग्ने छ । रेड आइफोनमा आइफोन सेभेन र सेभेन प्लसमा रहेकै सुविधा छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आविष्कार केन्द्रले रिसर्च ल्याब खोल्ने

    काठमाडौं, वैशाख १० – राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान केन्द्र अर्थात रिसर्च ल्याब खोल्ने भएको छ । तत्कालका लागि सानै भएपनि रिसर्च ल्याब खोल्ने निर्णय गरेर घर खोज्ने काम भइरहेको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिनुभयो ।

  • एनसेलले ल्यायो नयाँ डेटा प्याक, ६ पैसामा पनि डेटा सेवा

    एनसेलले नयाँ डेटा प्याकहरु ल्याएको छ । एनसेलले डेटा सेवा न्युनतम ६ पैसामा, विभिन्न समयावधिका डेटा प्याकहरु बढी डेटा भोलुमका साथ, दुई गुणा भोल्युमको डे प्याक तथा चार गुणा भोल्युमको नाइट प्याकसहितका सुविधा ल्याएको हो ।

  • मर्करीयुक्त उपकरणका कारण गर्भवतीहरु जोखिममा

    काडमाडौं, वैशाख ६ – मर्करीयुक्त उपकरणहरुको बढ्दो प्रयोगले गर्भवतीहरु जोखिममा रहेको एक अध्ययनले देखाएको छ । मूर्तिकला व्यवसाय गर्ने, सुनमा जलप लगाउने, माझी समुदायका महिलाले मर्करीयुक्त उपकरणको प्रयोग बढी गर्ने भएकाले उनीहरु जोखिममा रहेका अध्ययनको ठहर छ ।

  • सामसुङले ल्यायो नयाँ फोन, नेपाली बजारमा एस ८ र एस ८ प्लस

    काठमाडौं, वैशाख ६ – सामसुङले नेपाली बजारमा एस ८ र एस ८ प्लस स्मार्टफोन ल्याएको छ । वैशाख २२ गतेबाट नेपाली बजारमा किन्न सकिने यी फोन बुधबारदेखि बुकिङ गर्न सकिने सामसुङले जनाएको छ ।

  • अमेरिकाले विश्वव्यापी रुपमा बैंकिङ प्रणाली ह्याक गरेको आरोप

    वैशाख २ – अमेरिकी सरकारले विश्वव्यापी रुपमा स्वीफ्ट बैंकिङ प्रणाली ह्याक गरेको आरोप लागेको छ । ह्याकिङ समूह स्याडो ब्रोक्रसले जारी गरेको कागजातमा अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले विश्वव्यापी रुपमा बैंकिङ प्रणालीमा निगरानी गर्ने गरेको आरोप लगाइएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया