MENU

विचार/अनुभूति

Ncell Axiata Naya Saptati
USAID

सबै क्षयरोग सर्दैनन्

डा. मोहनकुमार प्रसार्इं -

क्षयरोग भन्ने बित्तिकै फोक्सोमा लाग्ने रोग भन्ने बुझिन्छ तर शरीरको नङ र कपालमा बाहेक सबै अंगमा क्षयरोग लाग्छ । क्षयरोगका किटाणुले पहिला आक्रमण गर्ने ठाउँ भनेको फोक्सो हो । शरीरमा माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामको सुक्ष्म जीवाणुको संक्रमणले क्षयरोग लाग्छ ।

क्षयरोगका बिरामीले खोक्दा, हाछ्यँु गर्दा किटाणुको संक्रमण हुन्छ । शरीरका अन्य अंगमा हुने क्षयरोग भन्दा फोक्सोमा लाग्ने क्षयरोग सर्नेसम्भावना बढी हुन्छ । तर सबै संक्रमितलाई क्षयरोग नै लाग्छ भन्ने हुँदैन, क्षयरोगको किटाणुले संक्रमित ९० प्रतिशत बिरामीलाई रोग लागेको हुँदैन । क्षयरोगका किटाणुको संक्रमण रोगमा परिणत हुनको लागि मानिसमा यस्तो अवस्था हुनु पर्छ,

  • शरीरको रोग प्रतिरक्षा शक्ति कमजोर हुनु
  • कुपोषण, एच आइ भी एड्स, मधुमेह जस्तो दीर्घकालिन रोग लागेको भए धुम्रपान, मध्यपान गर्ने 

फोक्सोको क्षयरोगको लक्षण

  • दुई हप्ता भन्दा धेरै खोकी लाग्नु
  • बेलुकापख ज्वरो आउने
  • खान मन नलाग्ने 
  • दुब्लाउँदै जाने
  • खकारमा रगत आउने

क्षयरोगलाई महारोग पनि भनिन्छ । तर यो रोग पाप गरेर अथवा वंशाणु रोग होइन । क्षयरोगीसँग सम्पर्क भएपछि मात्र यो रोग लाग्छ । त्यसैले क्षयरोगबाट बच्न रोग कसरी सर्छ भन्ने कुरा थाहा पाउन सक्यौं भने रोकथाम गर्न सजिलो हुन्छ ।

यो रोग श्वासप्रश्वासबाट सर्छ भन्ने कुरा थाहा भएपछि लक्षण देखिएका मानिसभन्दा टाढा बस्नु नै सबैभन्दा राम्रो उपाय हो । तर यसो भन्दैमा क्षयरोगीको नजिकै नहुने भन्ने हुँदैन । रोगीको उपचार गर्दा यस्ता कुरामा ध्यान दिन जरुरी छ,

  • क्षयरोगका बिरामीको पहिचान भएपछि एक हप्तासम्म कुनै पनि व्यक्तिको सम्पर्कमा नआउने, सकेसम्म टाढा बस्ने
  • रोगीको स्याहार गर्नेले माक्स लगाउने 
  • बिरामीको खकारलाई आगोले पोल्ने अथवा पुर्ने
  • बालबालिका जन्मेको ४५ दिनभित्र बिसिजी खोप अनिवार्य लगाउने 
  • कुपोषण हुन दिनु हुँदैन, भएमा उपचार गर्ने
  • बिरामीलाई पोषिलो, सकेसम्म प्रोटिनयुक्त खाना खुवाउनुपर्छ

क्षयरोग दीर्घकालिन जनस्वास्थ्य रोग हो । यो रोगको किटाणु सन् १८८२ मा रोबट कोपले पत्ता लगाउनु भएको थियो । रोग लाग्ने कारण पत्ता लागेको एक दशक भन्दा धेरै भइसक्यो, यसको निदानको लागि धेरै प्रकारका औषधि पनि बनि सकेका छन् तर क्षयरोगका किटाणुले आफूलाई वातावरण अनुकुल बनाएको हुनाले यो रोगका नयाँ बिरामी वर्षेनी बढिरहेका छन् । 

उपचार पद्धति

क्षयरोगको उपचारको सबैभन्दा राम्रो विधि भनेको डट्स हो । बिरामीले तोकिएको समयअवधि भरी ६ महिना, एक वर्ष, १८ महिना समयमा नै खाएको छ वा छैन भनी जाँच गर्ने विधि डट्स हो ।

अर्को जिन एक्सपर्ट भन्ने प्रविधि पनि आइसकेको छ । जसले खकार परीक्षणमा क्षयरोगको किटाणु छ वा छैन र उपचारमा कति समय औषधि खानुपर्ने पनि बताइदिन्छ ।  चिकित्सको सल्लाह अनुसार तोकिएको समयसम्म औषधि खाँदा ९२ प्रतिशत बिरामीलाई रोग निको हुन्छ ।

(नेपाल क्षयरोग निवारण केन्द्रका वरिष्ठ छाती तथा क्षयरोग विशेषज्ञ डा. मोहन कुमार प्रसाईसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित) 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अहिलेसम्म पाएको मतले राम्रै गरेछु जस्तो लाग्छ

    मेरो नाम शोभा शाक्य हो । मेरो जन्म २०२० सालमा ललितपुरको ओपोबहालमा भएको हो । मेरो कर्मभूमी थैना, लामोगलमा हो । मैले आइएसम्मको पढाई पाटन क्याम्पसबाट पूरा गरेकी हुँ । हामीले त त्यती बेला सरकारी स्कुलबाट नै पढाई पुरा गरेको हो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया