MENU

समाज

Ncell Axiata

पुनर्निर्माण सम्बन्धी मापदण्डलाई व्यवहारिक बनाइयो

काठमाडौं, चैत १४ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधिमा रहेका केही अव्यवहारिक प्रावधानलाई परिमार्जन गर्ने निर्णय गरेको छ ।

कार्यविधिमा रहेका केही अव्यवहारिक प्रावधानका कारण पहिलो किस्ता लिइसकेका लाभग्राही थप अनुदान लिन नआएपछि प्राधिकरणले प्राविधिक निरीक्षण पुस्तिकामा रहेको कडा मापदण्डलाई सच्याएर व्यावहारिक बनाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले प्राधिकरणका कार्यकारी सदस्य, सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर, प्राविधिक क्षेत्रका विज्ञ र विभिन्न इन्जिनियरिङ क्याम्पसका प्रतिनिधिसँगको परामर्शपछि भूकम्प प्रतिरोधी मापदण्ड प्रतिकूल नहुनेगरी अव्यवहारिक प्रावधानलाई सच्याउने निर्णय भएको जानकारी दिनुभयो ।

यसअघि प्राधिकरणले बनाएका विभिन्न कार्यविधि र आवास निर्माणसम्बन्धी मापदण्ड व्यवहारिक नभएपछि प्रभावित जिल्लामा पुनर्निर्माणको काम सहजरुपमा अघि बढाउन स्थानीयलाई समस्या परेको गुनासो आइरहेको छ । 

यसअघि प्राधिकरणको कार्यकारी समिति बैठकले पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि–२०७३ संशोधन गरेको थियो । पछिल्लो निर्णयअनुसार कार्यकारी सदस्य डा हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले मापदण्ड नपु¥याएर बनेका घरलाई प्रवलीकरण गरी मापदण्ड पु¥याउनसक्ने विधि पारित गरेको छ ।

पछिल्लो निर्णयले विगतमा निर्माण सुरु भएपनि पूर्णरुपमा मापदण्ड नपुगेका घरलाई सच्याएर मापदण्ड अनुकूल बनाउन सकिनेछ । पछिल्लो निर्णयअनुसार प्राविधिक निरीक्षण पुस्तिकामा रहेको व्यवस्थालाई तीन तहमा वर्गीकरण गरिनेछ । पहिलो तहमा सम्झौता गर्न नसकिने भाग, दोस्रो तहमा अन्तिम चरणको अनुदानबापतको किस्ता लिँदासम्म सुधार गर्न सकिने भाग र तेस्रो तहमा केहीमात्रामा भए पनि भूकम्प प्रतिरोधी मापदण्डलाई कायम गर्ने भाग भनी वर्गीकरण गरिनेछ ।

अहिलेसम्म निजी आवास निर्माणका लागि भूकम्प अतिप्रभावित १४ जिल्लामा करिब ९८ प्रतिशतले अनुदानको पहिलो किस्ता लिइसके पनि प्राविधिक निरीक्षण कार्यविधिमा रहेका केही प्रावधान अव्यवहारिक हँुदा दोस्रो किस्ताका लागि लाभग्राहीले प्रक्रिया अघि बढाउन सकेका छैनन् ।

पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म भूकम्प अतिप्रभावित १४ जिल्लामा अनुदान सम्झौता सम्पन्न भएका लाभग्राहीमध्ये पाँच लाख ३६ हजार ४९८ घरधुरीले पहिलो किस्ता, दुई हजार १८८ घरधुरीले दोस्रो किस्ता र ४२० घरधुरीले तेस्रो किस्ता लिइसकेका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिहारको लागि माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

    सप्तरी, असोज ३१ – तिहारको लागि घर आँगन लिपपोत गर्नका लागि माटो लिन गएकी सप्तरीको बेल्ही चपेना गाउँपालिका वडा न. ४ की एक महिलाको मंगलबार बेलुका माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

  • डोटी बस दुर्घटना : ३ जनाको मृत्यु, २४ घाइते

    डडेल्धुरा, असोज ३१ – भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घोरणीमा दुई यात्रुवाहक बस ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।

  • यी हुन् बालकलाई गोली हान्ने ३ अभियुक्त

    सोलुखुम्बु, असोज ३१ – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १३ वर्षका बालकलाई भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका व्यक्तिहरुलाई मगंलबार सार्वजनिक गरेको छ ।

  • जता गए पनि नेपाली पर्यटक : होटल र पर्यटन व्यावसायीलाई मालामाल

    स्वर्गकी अप्सरा उपनामले चिनिने रारामा २/३ वर्षअघिसम्म नेपालीहरु खासै देखिँदैनथे । रारा नेपालीको पहुँचबाट टाढै छ भन्ने मान्यता थियो । तर अहिले दसैँपछि मात्रै ५ हजार भन्दा धेरै नेपाली राराताल पुगेका छन् । जबकी विदेशी पर्यटकको संख्या ५ सय पनि पुगेको छैन् ।

  • कैदीलाई कारागारमै टिभी

    लमजुङ, असोज ३१ – जिल्ला कारागार लमजुङमा रहेका कैदीबन्दीलाई टेलिभिजन प्रदान गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सुसूचित गराउन दुई वटा टेलिभिजन प्रदान गरिएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया