MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

राति दिसा पिसाब लागेर हैरान हुनुहुन्छ ? नुन कम खानुस्

चैत १४ – रातिको समयमा दिसा पिसाब बढी लाग्ने बानी भएका मानिसले त्यसबाट मुक्ति पाउनका लागि नुनको मात्र कम गर्नु पर्ने बताएका छन् । खानामा नुनको मात्रा बढी भएमा रातिको समयमा दिसा पिसाब लाग्ने समस्या बढ्ने गरेको जापानका अनुसन्धानकर्ताले गरेको पछिल्लो अनुसन्धानले देखाएको हो । नोक्टुरिया भनिने समस्याका कारण विशेष गरी ६० वर्षमाथिका वृद्धवृद्धा प्रभावित हुने गरेका छन् । यो समस्याले गर्दा निन्द्रा बिथोलिने र व्यक्तिको जीवनशैलीमा नै प्रभाव पर्ने गरेको छ । खानामा नुनको मात्रा घटाउँदा समस्या कम हुँदै गएको देखिएको तीन सय भन्दा धेरैमा गरिएको अनुसन्धानबाट देखिएको अनुसन्धानमा संलग्न डाक्टरले बताएका छन् ।

नुनको मात्रा घटाउँदा रातिको समयमा दुई पटक भन्दा बढी दिसा पिसाबका लागि जान बाध्य व्यक्तिमा त्यो क्रममा एक पटकमा झरेको जापानको नागासाकी विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका छन् ।

नुनको मात्रा कम गरेमा वृद्ध मानिसको जीवनशैलीमा रातिमा दिसा पिसाब गर्न जानु पर्दा भएको समस्या कम हुने देखिएको अनुसन्धानकर्ता डा. माट्सुओ टोमोहिरोले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आविष्कार केन्द्रले रिसर्च ल्याब खोल्ने

    काठमाडौं, वैशाख १० – राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान केन्द्र अर्थात रिसर्च ल्याब खोल्ने भएको छ । तत्कालका लागि सानै भएपनि रिसर्च ल्याब खोल्ने निर्णय गरेर घर खोज्ने काम भइरहेको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिनुभयो ।

  • एनसेलले ल्यायो नयाँ डेटा प्याक, ६ पैसामा पनि डेटा सेवा

    एनसेलले नयाँ डेटा प्याकहरु ल्याएको छ । एनसेलले डेटा सेवा न्युनतम ६ पैसामा, विभिन्न समयावधिका डेटा प्याकहरु बढी डेटा भोलुमका साथ, दुई गुणा भोल्युमको डे प्याक तथा चार गुणा भोल्युमको नाइट प्याकसहितका सुविधा ल्याएको हो ।

  • मर्करीयुक्त उपकरणका कारण गर्भवतीहरु जोखिममा

    काडमाडौं, वैशाख ६ – मर्करीयुक्त उपकरणहरुको बढ्दो प्रयोगले गर्भवतीहरु जोखिममा रहेको एक अध्ययनले देखाएको छ । मूर्तिकला व्यवसाय गर्ने, सुनमा जलप लगाउने, माझी समुदायका महिलाले मर्करीयुक्त उपकरणको प्रयोग बढी गर्ने भएकाले उनीहरु जोखिममा रहेका अध्ययनको ठहर छ ।

  • सामसुङले ल्यायो नयाँ फोन, नेपाली बजारमा एस ८ र एस ८ प्लस

    काठमाडौं, वैशाख ६ – सामसुङले नेपाली बजारमा एस ८ र एस ८ प्लस स्मार्टफोन ल्याएको छ । वैशाख २२ गतेबाट नेपाली बजारमा किन्न सकिने यी फोन बुधबारदेखि बुकिङ गर्न सकिने सामसुङले जनाएको छ ।

  • अमेरिकाले विश्वव्यापी रुपमा बैंकिङ प्रणाली ह्याक गरेको आरोप

    वैशाख २ – अमेरिकी सरकारले विश्वव्यापी रुपमा स्वीफ्ट बैंकिङ प्रणाली ह्याक गरेको आरोप लागेको छ । ह्याकिङ समूह स्याडो ब्रोक्रसले जारी गरेको कागजातमा अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले विश्वव्यापी रुपमा बैंकिङ प्रणालीमा निगरानी गर्ने गरेको आरोप लगाइएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया