MENU

समाज

Ncell Axiata
NIC Asia

गोरखामा भूकम्पले भत्केका संरचना बनाउन चितवनबाट काठ ल्याइने

गोरखा, चैत १४ – गोरखामा भूकम्पले भत्केका संरचना बनाउन चितवनबाट काठ ल्याइने भएको छ । भूकम्प प्रभावितको घर बनाउन चितवनबाट १० हजार क्युफिट काठ ल्याइने जिल्ला वन पैदावार आपूर्ति समिति गोरखाले जनाएको छ ।

त्यसका लागि वन विभाग तथा चितवनको वन कार्यालयसँग समन्वय गरी प्रक्रिया सुरु गरिसकिएको गोरखाका वन अधिकृत जीवनाथ पौडेलले बताउनुभयो । जिल्ला वन अधिकृत पौडेलका अनुसार सरकारी राजस्वमा ९० प्रतिशत छुटसहित काठ ल्याउन लागिएको हो ।

गोरखामा भूकम्पले भत्केका संरचना पुनर्निर्माण गर्न ७० लाख क्युफिट काठ आवश्यक पर्ने जिल्ला वन कार्यालयले  जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया