MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

राउटे तरकारी खेतीतर्फ आकर्षित

डडेल्धुरा, चैत १६ – परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । 

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् । 

जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारीखेती गर्दै आए पनि उत्पादित तरकारीले बजार तथा उचित मूल्य नपाएको राउटेका मुखिया खड्कसिंह राउटेले बताउनुभयो । आर्थिक तथा प्राविधिक सहयोग पाउन थालेपछि यहाँका राउटे गोलभेँडा, काक्रा, फर्सी, काउलीलगायत तरकारी उत्पादन गर्न थालेका छन् । 

तरकारीबाट आम्दानी हुन थालेपछि उनीहरु खुसी भएका छन् । तरकारीखेतीबाट मासिक १० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको दानसिंह राउटेले बताउनुभयो । उहाँले बन्दागोभी, काउली, आलु र अन्य बेमौसमी तरकारी लगाउनु भएको छ । 

जिल्ला कृषि विकास कार्यालयय र विभिन्न गैरसरकारी सङ्घसंस्थाले प्राविधिक सहयोग उपलब्ध गराएपछि राउटे समुदाय आजभोलि तरकारी बिक्री गरेर घरखर्च चलाउन थालेको छ । उनीहरुले रकम समेत बचत गर्न थालेका छन् । आमपानीमा राउटेको ३५ घरपरिवारको बसोबास रहेको छ । रासस 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • दही चिउरा खाँदै, धान दिवस मनाईंदै

    काठमाडौं, असार १५ – आज असार १५, देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

  • प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा, मतदाता छाता ओढेर लाइनमा

    काठमाडौं, असार १४ – बुधबार मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

  • मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

    काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

  • ५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

    खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

  • तरकारी खेतीले आत्मनिर्भर बनायो

    डीबी विष्ट/उज्यालो । बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया