MENU

विचार/अनुभूति

Ncell Axiata Naya Saptati
USAID

यसकारण हात्तीपाईले बिरुद्ध औषधि खानुपर्छ

डा. शेरबहादुर पुन -

विश्व स्वस्थ संगठनका अनुसार नेपाल पनि हात्तीपाइले रोगको जोखिम देशमा पर्छ ।  नेपाल सरकारले अभियानकै रुपमा बर्षेनी हात्तीपाइले बिरुद्धको औषधि खुवाउने गर्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चैत ५ देखि ७ गतेसम्म २५ जिल्लामा औषधि खुवाउने अभियान सकिएको छ भने चैत १७ देखि १९ गतेसम्म बाँकी ५ जिल्लामा अभियान सञ्चालन गरेको छ ।

दोस्रो चरणमा झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलबस्तुमा औषधि खुवाइदै छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगलाई सन् २०१८ सम्ममा नियन्त्रण गरिसक्ने योजना छ । सन् २००३ देखि हात्तीपाइले रोगको औषधि खुवाउन सुरु गरिएको थियो । हाल ६१ जिल्लामा हात्तीपाइलेको किटाणु रहेको इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

यो अभियानमा ३० जिल्लाका १ करोड ५ लाख नागरिकलाई औषधि खुवाउने लक्ष्य छ ।  सन् २००३ देखि नै सामुहिक रुपमा हात्तीपाइले बिरुद्धको औषधि निशुल्क खुवाउन शुरु गरेपनि नागरिकमा अझै औषधिको नकारात्मक प्रभावलाई लिएर बढी चासो र औषधि लिने चाहना देखिदैन । यसको कारण पत्ता लगाई सम्बोधन गर्न नसके हात्तीपाइले विरुद्धको लक्ष्य पुरा गर्न धेरै कठिन हुनेछ । 

हात्तीपाइले रोग के हो ?

यो क्युलेक्स नामक लामखुट्टेले सार्ने एक प्रकारको परजीबी हो । यसको औसतमा ६ देखि ८ वर्षसम्मको आयु हुन्छ । यो वुचारिया बेन्क्रोफती, बु्रजिया मलये तथा बु्रजिया तिमोरी गरी तीन प्रकारका  हुन्छन । हात्तीपाइले रोग ९० प्रतिशत वुचारिया बेन्क्रोफतीको कारणले हुने गर्दा हुने गर्दछ । यसलाई लिम्फातिक फाईलेरियसिस भन्ने गरेता पनि धेरै बिरामीको खुट्टा हात्तिको जस्तो ठूलो देखिने भएकोले हात्तीपाइले रोग भन्ने गरेको हो । यो परिजीबीले आफ्नो जीवनमा लाखौ माइक्रोफाईलेरिआसिस जन्माउने भएकोले यो लामखुट्टेको मध्यमबाट अरु स्वस्थ मानिसमा सार्ने वा प्रसारण गर्दै जाने गर्दछ ।

लक्षण के हुन्छ ?

लक्षणबिहीन, एक्युट र दीर्घकालीन गरी तीन प्रकारले बर्गिकरण गरिन्छ । अधिकांश मानिसहरु संक्रमित भएपनि लक्षणबिहीन अवस्थामा हुन्छन् । झन्डै ७० प्रतिशत संक्रमितमा लक्षण नदेखिने हुन्छ । लक्षण नदेखिएता पनि यसले शरीरमा हानी निरन्तर गरिरहन सक्दछ । त्यस्ता संक्रमितलाई हात्तीपाइले बिरुद्धको औषधि प्रयोग गर्दा रिंगटा लाग्ने, वाकवाक गर्ने हुने गर्दछ । 

एक्युट अवस्थामा लिम्फ ग्रन्थी रातो हुने र सुन्निने र लिम्फ ग्रन्थिहरु खासगरी प्रभावित अंगको ठुलो हुने गर्दछ । लामो समय सम्म यस्तो अवस्था देखा परे (सम्बन्धित अंगको लिम्फ ग्रन्थि) दिर्घकालीन लक्षण हुन् सक्दछ अर्थात् सम्बन्धित अंग सुन्निने वा खासगरी तल्लो खुट्टा  हात्तीको जस्तो आकार रुप लिन सक्दछ जसलाई हात्ती पाईले रोगको नामले चिन्दछौ । कसै कसैलाई छातीको लक्षण जस्तो देखिने ट्रोपिकल पुलमोनारी एयोजीनिफिलिया भन्दछौ । छाती घ्यार घ्यार हुने, खोकी लाग्ने, सास फेर्न गारो हुने ट्रोपिकल पुलमोनारी एयोजीनिफिलियाको लक्षण हुन सक्छ ।

पत्ता कसरी लगाइन्छ ?

यस परजिबिको बच्चाहरु जसलाई माइको फाईलरेरिया भनिन्छ पत्ता लगाउने बिधी प्रयोग गरिन्छ । यो बिधी त्यति व्यवहारिक भने देखिदैन । सामान्य मध्ये रातमा रगतको नमुना संकलन गर्नु पर्ने हुन्छ । हाल इमुनोक्रककमातोग्राफी किट प्रयोग व्यापक प्रयोग गर्ने गरिन्छ । DEC प्रोवोकेसन टेस्ट पनि गर्ने गरिन्छ र यसले  कुनै पनि बेलामा यो रोग छ छैन भनेर निदान गर्न सकिन्छ ।   

उपचार के हो ?

DEC र एलबन्दाजोल यसको मुख्य औषधिहरु हुन्, जुन नेपाल सरकारले हरेक बर्ष सामुहिक रुपमा खुवाउने गर्दछ । यसको मुख्य उदेश्य हात्तीको जस्तो खुट्टा भएकोलाई पहिलाको जस्तो बनाउने नभई संक्रमित व्यक्तिलाई भबिष्यमा हात्तिको जस्तो पाइला नहोस वा शारीरिक कुरुप नहोस, संक्रमित वा हात्तीपाइले बिरामीमा उत्पादन हुने माइक्रो फाईलरेरियाको प्रसारण लाई रोक्नु हो ।

यस्ता संक्रमितहरुबाट लामखुट्टले टोकेर नयाँ स्वस्थ व्यक्तिमा फाईलेरिया सार्ने गर्दछ । तर यसबाट प्रतक्ष्य रुपमा लक्षणबिहीन संक्रमितलाई फाइदा पुर्याउदछ । जसले गर्दा भविष्यमा हात्तीको जस्तो पाईला हुने वा शरीर अंग भंग हुने सम्भावना हुदैन ।

काठमाडौं र भक्तपुर उच्च जोखिममा ?

सन् २००१ मा इपिडिमियोलजी महाशाखाको सहयोगमा नेपालमा आधारभूत सर्वे गरिएको थियो । नुवाकोट, झापा र पर्सा पछि काठमाडौं र भक्तपुर हात्तीपाइलेको उच्च जोखिममा रहेको देखाएको थियो । काठमाडौं र भक्तपुरमा मानब बस्ती अत्यधिक भएकोले वा हुँदै गएकोले सबै भन्दा बढी जोखिममा रहेको देखिन्छ ।

काठमाडौं भित्र पनि केहि टोलमा १२५ सम्म संक्रमित देखिएकोबाट पनि यसको जोखिम कति छ भनेर देखाउछ । विभिन्न मिडिया मार्फत हात्तीपाइले बिरुद्धको औषधि बारेमा नकारात्मक प्रचारले पनि औषधि नलिनेको संख्या बढ्दै गएकोले शहरी इलाका बस्ने जनसँख्यालाई झनै जोखिम रहेको देखिन्छ ।

औषधि लिन हिचकिचाबाट किन ? के कमजोरी रह्यो ?

यो औषधि (DEC) आधा दशक भन्दा बढी समय देखि विश्व भरि  व्यापक प्रयोगमा ल्याएको हुनाले यो सुरक्षित हुँदा हुदै पनि मानिसहरु यो औषधि प्रयोग गर्न हिच्किचाएको देखिन्छ । हात्तीपाइले रोग बारे औषधि दिने समयमा वा बर्षमा एक पटक मात्र प्रचार हुनु, र औषधिको फाइदाको बारेमा नागरिकलाई राम्ररी बुझाउन नसक्नु नै सबै भन्दा ठुलो कमजोरी देखिन्छ ।

त्यस्तै औषधिको कारणले हुने साइड इफेक्ट जस्तो देखिने लक्षणहरु संक्रमित भएको कारणले हो, र त्यसले भविष्यमा हुन संक्ने अंगभंगबाट जोगिन्छ भन्ने कुरा बुझाउन पनि सक्नु पर्छ । यसबाट हात्तीपाइले रोगको प्रसारण रोक्न पनि ठुलो भूमिका खेल्छ, जसबाट आफ्नो सन्ततिलाई पनि सुरक्षित राख्न सक्ने कुरा बुझाउन पर्छ ।  

- डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च इकाईका संयोजक हुनुहुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अहिलेसम्म पाएको मतले राम्रै गरेछु जस्तो लाग्छ

    मेरो नाम शोभा शाक्य हो । मेरो जन्म २०२० सालमा ललितपुरको ओपोबहालमा भएको हो । मेरो कर्मभूमी थैना, लामोगलमा हो । मैले आइएसम्मको पढाई पाटन क्याम्पसबाट पूरा गरेकी हुँ । हामीले त त्यती बेला सरकारी स्कुलबाट नै पढाई पुरा गरेको हो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया