MENU

समाज

Ncell Axiata
NIC Asia

भूकम्प प्रभावितलाई घरको साँचो हस्तान्तरण

काठमाडौं, चैत १७ – थाइल्याण्डको नाइन सस्टेनेबल फाउन्डेशन र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एआटीले ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुमा भूकम्प प्रभावितलाई बनाइ दिएका घरको साँचो प्रभावितलाई हस्तान्तरण गरिएको छ । 

नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत तानस्कुलको उपस्थितिमा फूलबारी गाउँपालिकामा बुधबार भएको कार्यक्रममा झण्डै ६ महिना लगाएर बनाएका २१ वटा पक्की घरको साँचो हस्तान्तरण गरिएको हो । जस्ताले छाएको झण्डै ३६० वर्ग फिटको एकतले दुई कोठे घरको साँचो र प्रमाणपत्र थाइल्याण्डका दाताहरुले घरधनीलाई प्रदान गरेको हो ।

नेपालको इनोटेक प्राइभेट लिमिटेडसँग सहकार्य गरेर  थाइल्याण्डको नाइन सस्टेनेबल फाउन्डेशन र एआटीले लुभुको फूलबारी गाउँपालिकामा २१ वटा घर बनाइदिएको हो । फाउन्डेशनकी सुजिन्ताना छान्याथिउसाकुलको संयोजकत्वमा घर निर्माणका लागि आर्थिक सहयोग संकलन गरिएको हो । त्यस्तै सिल्पाकोर्न विश्वविद्यालयका डिन अमृत चासुवनाले चित्र चथा मूर्तिकला प्रदर्शनी एवम लिलाम गरेर रकम संकलन गरिएको हो ।

भूकम्प प्रभावितलाई पक्की रुपमा बनाइदिएका घरहरु इन्टर लक ब्रिक्स प्रविधिबाट बनेको एआटीको ह्याबीटाट सेन्टरका निर्देशक ज्ञानेन्द्र रत्न स्थापितले बताउनुभयो । इन्टर लक ब्रिक्सको लागि विश्वव्यापी पेटेन्ट लिएका स्थापितले इन्टर लक ब्रिक्स  प्रविधि विकास गर्नु भएको हो ।

यस प्रविधि अनुसार स्थानीय श्रोतसाधनको उपयोग गरेर भूकम्प प्रतिरोधी घर बनाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार सुरुमा ३० वटा घर बनाइदिने लक्ष्य राखिएको भए पनि घरनिर्माणका साम्रगीको भाउ बढेको कारणले २१ वटा घर मात्र बनाउन सकिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया