MENU

यो पनि समाचार

Ncell Axiata
USAID

बाटोको छेउमा दिसा गर्ने १७ जना पक्राउ, समाते एक अर्काको कान

शैलेन्द्र महतो/उज्यालो ।

जनकपुर, चैत १७ – जनकपुरमा खुल्ला ठाउँ र बाटोको छेउमा दिसा गरिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुल्ला ठाउँमा दिसा गरिरहेकै अवस्थामा धनुषाको सिनुरजोडाका १२ जना र जनकपुर मुजेलियाका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा शौचालय बनाउन र जथाभावी दिसापिसाब नगर्न पटक पटक गरिएको आग्रहलाई अटेर गरी खुल्ला ठाउँमा दिसा गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरेको मुजेलिया प्रहरी कार्यालयका ईन्चार्ज टीका बरालले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई एक अर्काको कान समात्न लगाई सजाय दिएको र सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ । खुल्ला रुपमा दिसा गर्नेमा केही महिला समेत रहेको उनीहरुलाई महिला प्रहरी नभएकाले पक्राउ नगरिएको इन्चार्ज बरालले बताउनुभयो ।

प्रहरीले हरेक बिहान नियमित अनुगमन गर्ने र खुल्ला दिसा गर्नेलाई पक्राउ गरी सार्वजनिक गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ । सरकारले सन् २०१७ भित्र खुल्ला दिसामुक्त देश घोषणा गर्न घरघरमा शौचालय बनाइरहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • क्रिकेटमा यस्तो चमत्कार : ४ बलमा ९२ रन

    क्रिकेटमा एक ओभरमा कतिसम्म रन बनाउन सकिएला ? ट्वेन्टी ट्वेन्टी क्रिकेटको विकाससँगै २०/२५ रन त सामान्य नै लाग्न थालिसक्यो । ६ बलमा ६ छक्का नै हान्न सके पनि ३६ रन मात्र बनाउन सकिन्छ । नोबल, वाइड भएमा अरु केही रन होला ।

  • अजिंगर लागुऔषध दुर्व्यसनमा फस्यो, लगियो सुधारगृह

    चैत ३० – अस्ट्रेलियामा लागुऔषधको दुर्व्यसनमा फसेको अजिंगरलाई दुर्व्यसन मुक्त गराइएको छ । गएको वर्ष अस्ट्रेलियाका प्रहरीले क्रिष्टल मेथामफेटामिन ल्याबमा छापा मारेको थियो ।

  • आफैले बनाएको रोबोर्टसँग इन्जिनियरले गरे विवाह

    चैत २३ – चीनमा एकजना इन्जिनियरले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । चीनको हाङझाउका ३१ वर्षका इन्जिनियर झेङ जियाजियाले गएको वर्षको अन्त्यतिर एउटा रोबोट निर्माण गरेका थिए ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया