MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

रसुवाका ७० प्रतिशत घरधुरी खाद्य सुरक्षित

रसुवा, चैत १७ – कृषि उत्पादन, व्यापार व्यवसाय, पर्यटन र रोजगारीका कारण रसुवाका ७० प्रतिशत घरधुरीमा खाद्य सुरक्षित रहेको देखिएको छ । 

जिल्ला कृषि विकास कार्यालय रसुवाका अनुसार अघिल्लो वर्षको तुलनामा मकै २० प्रतिशत, आलु १५ प्रतिशत, धान ८ प्रतिशतले बृद्धि भएको, १२ हजार किलो जडिबुटी उत्पादन, १८ करोड भन्दा बढी रेमिट्यान्स भित्रिएको तथा आन्तरिक तथा बाह्य पर्यटक बढेकाले ७० प्रतिशत घरधुरी खाद्य सुरक्षित भएका हुन् । 

अघिल्लो वर्ष जिल्लामा १८ सय मेट्रिक टन खाद्य अपुग भएकोमा यस वर्ष उत्पादन बढेसँगै एक हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कार्यालयले जनाएको छ । 

जिल्लामा ३० प्रतिशत खाद्यान्न अपुग

जिल्लामा अझै पनि ३० प्रतिशत खाद्यान्न अन्य जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । जिल्लामा रहेको जमिन मध्ये ८ प्रतिशत मात्र खेती योग्य जमिन भएकाले खाद्यान्न अन्य जिल्लाबाट ल्याउनु परेको हो । 

जिल्लामा रहेको १ लाख ५ हजार दुई सय हेक्टर जमिन मध्ये खेतीयोग्य जमिन १२ हजार ४५८ हेक्टर मात्र रहेको छ । कार्यालयका अनुसार जिल्लामा १२ सय हेक्टर खेत र ११ हजार १६७ हेक्टर पाखो जमिन रहेको छ । 

२०७२ वैशाख १२ गते गएको भूकम्पका कारण जिल्लाको लाङटाङ, हाकु, राम्चे, र डाँडागाउँका केही क्षेत्र खाद्य सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेको वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले बताउनुभयो । 

कृषि उत्पादनका हिसाबले एक हजारदेखि एक हजार पाँच सय मेट्रिक टन खाद्यान्न अपुग हुने भएपनि पहुँच, उपयोग र स्थिरताका हिसाबले न्यूनतम खाद्य असुरक्षित जिल्ला भएको हुमागाईंले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • दही चिउरा खाँदै, धान दिवस मनाईंदै

    काठमाडौं, असार १५ – आज असार १५, देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

  • प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा, मतदाता छाता ओढेर लाइनमा

    काठमाडौं, असार १४ – बुधबार मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

  • मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

    काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

  • ५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

    खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

  • तरकारी खेतीले आत्मनिर्भर बनायो

    डीबी विष्ट/उज्यालो । बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया