MENU

बातावरण-कृषि

भृकुटीमण्डपमा पुष्प मेलाको रौनक (फोटो फिचर)

काठमाडौं, चैत १७ – काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि ‘तेस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी’ सुरु भएको छ । शान्ति समृद्धि तथा स्वच्छ वातावरणकोे लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको प्रशर्दनीको उपराष्ट्रपती नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो ।  

उहाँले कुनै एक क्षेत्रलाई पुष्पखेतीको पकेट क्षेत्रका रुपमा विकास गरी पुष्प आयात प्रतिस्थापन गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले आयोजना गरेको प्रदर्शनीमा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरिया र नेपालका पुष्प व्यावसायीको सहभागिता छ । 

प्रदर्शनीमा विदेशका २८ र नेपालका ७१ गरी ९९ वटा स्टल राखिएको छ । प्रदर्शनीमा ४ सय ५० मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, पूmलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक तथा रासायनिक विषादी पनि राखिएको छ । मेला आगामी २० गतेसम्म चल्नेछ ।  

भृकुटीमण्डपमा पुष्प मेलाको रौनक (फोटो फिचर)

भृकुटीमण्डपमा पुष्प मेलाको रौनक (फोटो फिचर)

भृकुटीमण्डपमा पुष्प मेलाको रौनक (फोटो फिचर)

भृकुटीमण्डपमा पुष्प मेलाको रौनक (फोटो फिचर)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया