MENU

विचार/अनुभूति

Ncell Axiata Naya Saptati
USAID

स्थानीय निर्वाचन : गुमेको अवसर फिर्ता हुँदैछ

सन्दीप भट्टराई, इटहरी ।

देशभर स्थानीय तहको निर्वाचनका समाचारले प्राथमिकता पाइरहेको छ । हरेक पत्रिका, रेडियो, टेलिभिजन निर्वाचनका खबरले भरिएका छन् । विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकामा नेता तथा कार्यकर्ताको भिड बढेको छ ।  

वैशाख ३१ गते तय भएको स्थानीय निर्वाचनले लोकप्रियता पाएबाट प्रष्ट हुन्छ, मानिस निर्वाचनको कति प्रतिक्षा गर्दै रहेछन् भनेर । झण्डै २० वर्ष यता स्थानीय निकाय नहुँदा नयाँ युवामाझ अवसर मात्र गुमेको छैन, स्थानीय निर्वाचनका लागि २२ वर्ष पुगेका योग्यता क्रमलाई हेर्दा यो लामो समय लोकतान्त्रिक तथा विधिको शासनको अभ्यासमा लाखौं युवाबिच नयाँ प्रणाली बसेको मान्न सकिन्छ । 

नियतिम रुपमा निर्वाचन कायम भएको भए झण्डै ६ लाख प्रतिनिधि निर्वाचित हुने थिए । साथै नयाँ सोच राखेको नयाँ पुस्ताको प्रतिनिधित्वले सरकारको विभिन्न क्षेत्रमा रहि देशको विकासमा ठूलो सफलता हुने थियो । विकासका कार्यक्रममा जनप्रतिनिधिस्तरको स्थानीय प्रतिनिधिबाट सरकारको गाउँस्तरको विकासमा ठूलो भूमिका रहने तथा अव्यवस्थित रुपमा प्राकृतिक श्रोत र साधनको प्रयोगलाई नियन्त्रण गर्ने, विकासका पूर्वाधारहरुको प्रभावकारी कार्यान्वयन, लामो समयदेखि गर्न नसकिएका श्रोत व्यवस्थापन गर्ने कार्यमा जनप्रतिधिमुलक सरकार सफल हुनेछ । 

त्यसका साथै आवश्यक रुपमा उठाउन नसकिएका दस्तुर तथा करलाई दिर्घकालिन रुपमा व्यवस्थित तथा आवश्यक मास्टर प्लान अगाडी लगिने थियो । त्यस कार्यमा आजको यूवाको महत्वपूर्ण भूमिका रहने छ । स्थानीय विकासका साथै दिगो विकास, सामाजिक रुपान्तरण तथा विकासको योजना कार्यन्वयन यूवामाझ समन्वयमुखि तथा लोकप्रिय बन्ने छ । स्थानीय तवरबाट बनेको युवा प्रतिनिधि आफ्नो क्षेत्रमा जानकार तथा वौद्धिक रुवमा अव्वल मानिने गर्दछन् । फलस्वरुप राज्य पुर्नसंरचनामा ठूलै सहयोग मिल्ने थियो । 

आफ्नो गाउँ आफैं बनाउन लाखौं सीपमुलक तथा बौद्धिक जनशक्तिको प्रयोग हुने थियो । यसबाट लाखौं संख्यामा विदेशमा रहेको युवामाझ प्रतिनिधित्वकारी विचार भावना आउने त्यसका साथै राष्ट्रिय राजनीतिमा युवा जनसहभागिता बढ्ने मान्न सकिन्छ । देशको आर्थिक विकास र समृद्धिका लागि राजनीतिक दल र सरकारद्वारा युवा जनसहभागिता बढाइयोस् । यस स्थानीय तहको  निर्वाचन युवा प्रतिनिधिमुलक बनोस् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अहिलेसम्म पाएको मतले राम्रै गरेछु जस्तो लाग्छ

    मेरो नाम शोभा शाक्य हो । मेरो जन्म २०२० सालमा ललितपुरको ओपोबहालमा भएको हो । मेरो कर्मभूमी थैना, लामोगलमा हो । मैले आइएसम्मको पढाई पाटन क्याम्पसबाट पूरा गरेकी हुँ । हामीले त त्यती बेला सरकारी स्कुलबाट नै पढाई पुरा गरेको हो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया