MENU

समाज

Ncell Axiata

लाप्राकका भूकम्प प्रभावित भन्छन्–घर बनाउन ढुंगा र काठ चाहियो

किरण लोहनी/उज्यालो । 

गोरखा, चैत १९ – गोरखाको लाप्राकका भूकम्प प्रभावितले घर बनाउन चाहिने काठ र ढुंगा जुटाइदिन सरकारलाई आग्रह गरेका छन् । भौगोलिक बनावटका कारण त्यहाँ ढुंगा र काठपात पाउन समस्या छ । लाप्राकका भूकम्प प्रभावितका लागि गैरआवासीय नेपाली संघ एनआरएनले एकीकृत बस्ती निर्माण गरिरहेको छ । सबै लाप्राक बासिन्दाका लागि घर बनाउने क्रममा एनआरएनले ५ सय ७३ घर बनाउन लागेको हो । तर घर बनाउन चाहिने ढुंगा र काठ भने स्थानीयले आफै जुटाउनु पर्ने एनआरएनको सर्तका कारण समस्या भएको उनीहरुले बताएका हुन् । एकीकृत बस्ती निर्माणको प्रगतिबारे बुझ्न त्यहाँ पुग्नुभएका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत समक्ष उनीहरुले ढुंगा र काठको जोहो गरिदिन आग्रह गरेका हुन् ।

अहिले बस्ती बन्दै गरेको गुप्सीपाखा नजिकैको जंगलमा घर बनाउने काठ नभएको र ढुंगा पनि पर्याप्त नभएको भन्दै उनीहरुले अन्तबाट ढुवानी गर्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । खासगरी महिला तथा बृद्धबृद्धामात्रै भएको घरका धनीलाई शर्त अनुसार निर्माण सामग्री जुटाउन समस्या रहेको लाप्राक बासिन्दाले बताएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनको स्टमेट अनुसार एउटा घरका लागि १५ दशमलव १ घनमिटर ढुंगा, १ दशमलव २९ घनमिटर गिटी र साढे ४५ क्युविक फिट काठ आवश्यक पर्नेछ । स्थानीय शान्ति समिति गोरखाले चुनावका विषयमा छलफल गर्न राखेको कार्यक्रममा पनि लाप्राक बासिन्दाले पुनर्निर्माणकै कुरा उठाएका हुन् ।

गैरआवासीय नेपाली संघले पुनर्निर्माण प्राधिकरणसँग गरेको सम्झौता अनुसार पूरै घर आफैंले बनाएर हस्तान्तरण गर्नुपर्ने भएपनि स्थानीय बासिन्दालाई अनावश्यक बोझ थपिदिएको जिल्लास्थित सरकारी अधिकारीले बताएका छन् । स्थानीयको माग अनुसार जथाभावी काठ काट्न नदिएको जिल्ला वन अधिकृत जीवनाथ पौडेलले बताउनुभयो ।

सामुदायिक वनको वार्षिक कार्ययोजना अनुसार मात्रै काठ काट्न सकिने उहाँको भनाई छ । स्थानीयले भत्केका घरको पुराना काठपात प्रयोग गर्दा सहज हुने पौडेलको भनाई छ । नपुग काठ एनआरएनलेनै जुटाइदिनु पर्नेमा उहाँको जोड छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पहाड उक्लिए टेम्पो, सहज बन्यो यात्रा

    एक वर्ष अघिसम्म जिरिखिम्तीदेखि सदरमुकाम म्याङलुङ्ग आउन ठूला सार्वजनिक यातायात कुर्नुको विकल्प थिएन । चाहेको बेला छोटो दुरीको यात्रा गर्न आफ्नै सवारी साधन हुनुपथ्र्यो कि त पुरै गाडी भाडामा लिनुपथ्र्यो ।

  • दृष्टिविहीनका लागि ‘उज्यालो बजार’ शुरु

    पोखरा, भदौ २ – उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि बिहीबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ ।

  • सम्पदा पुनर्निर्माणमा जापानको चासो

    काठमाडौं, भदौ २ – जापानले भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंको हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरको पुनर्निर्माणमा बिशेष चासो देखाएको छ ।

  • मेट्रो, सिआइबी, महाशाखा र परिसरमा सरुवा हुन आइजिपीदेखि मन्त्रीसम्मको सोर्स

    प्रहरी अधिकृत सरुवाका लागि शक्ति केन्द्र धाउन थालेका छन् । चुनौतीपूर्ण र आकर्षक मानिने महानगरीय प्रहरी आयुक्तको कार्यालय मेट्रो, केन्द्रीय अनुसन्धान व्यूरो सिआइबी, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा सरुवा हुनका लागि शक्ति केन्द्र धाउनेको लर्को नै लाग्ने गरेको छ ।

  • महोत्तरीका बाढीप्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढे

    महोत्तरी, भदौ १ – महोत्तरीका बाढी प्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । बाढी प्रभावित ठाउँमा चलाइएको स्वास्थ्य शिविरमा ज्वरो र झाडापखालाका बिरामी धेरै भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया