MENU

बातावरण-कृषि

भक्तपुरमा दुई दिने कृषि मेला सुरु

भक्तपुर, चैत १९ – कृषि मन्त्री गौरीशंकर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताउनु भएको छ । शनिबारबाट भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी संघले आयोजना गरेको दुई दिने बृहत कृषि मेलाको उद्घाटन गर्दै उहाँले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको हो । 

कृषि सहकारीको माध्यम एवं निजी कृषि संस्थाहरुबाट पनि कृषिको विकासका लागि सरकारले साझेदारी रुपमा काम गर्न खोजेको बताउँदै उहाँले कृषिलाई माथि उठाउन सरकारले थप कार्यक्रमहरु ल्याउन लागेको बताउनुभयो ।

कृषिमा आत्मनिर्भर बन्नसक्ने क्षेत्र भनेको कृषि, उर्जा, पर्यटन क्षेत्र नै भएको बताउँदै उहाँले कृषिको विकास, उर्जाको विकास एवं प्रबद्र्धन तथा पर्यटन क्षेत्रको विकास गर्न सके नेपाल पूर्ण रुपमा आत्मानिर्भर बन्नसक्ने बताउनुभयो । 

कृषिको उत्पादनलाई बजारीकरण गर्न सके कृषि उत्पादन बढाउन सक्नेमा जोड दिँदै उहाँले त्यसका लागि कृषि समूह, कृषक र राज्यले संयुक्त रुपमा कार्यक्रमहरु लैजानु पर्न बताउनुभयो ।

त्यसअवसरमा जिल्ला कृषि सहकारी संघका अध्यक्ष उत्तम सापकोटाले भक्तपुरलाई नमूना कृषि जिल्लाको रुपमा विकास गर्न मेला आयोजना गरिएको बताउँदै मेलामा ३५ हजार भन्दा बढी कृषकले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो । 

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय भक्तपुरकी प्रमुख पूर्णा ढुङ्गाना, डिभिजन सहकारी कार्यालय भक्तपुरका प्रमुख प्रेम श्रेष्ठ, राष्ट्रिय सहकारी बंैक लि.का संचालक सरिता भट्टाराई, सहकारीविद् कैलाशभक्त प्रधानाङ्ग, उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवाल लगायतले मेलाले कृषकलाई कृषि क्षेत्रमा लाग्न अभिपे्ररित गर्ने बताउँदै किसानले अपलब्धीहरु पनि हासिल गर्न सक्नेमा जोडदिनुभयो । 

दुईदिने मेलामा किसानहरु, व्यवासायिक कृषि फार्म, अगुवा किसान, कृषि कम्पनीहरुबाट उत्पादित कृषि उपजहरु, कषि प्रविधी, कृषि औजार, कृषि ऋण, कृषि बिमा, मल, कृषि सम्बन्धी परामर्शहरु, च्याऊ तथा आलूका परिकारहरु सहितको ४५ वटा भन्दा बढी स्टलहरु रहेको मेलाका संयोजक शनिस लागेजुले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया