MENU

साहित्य/ कला

सँस्कृतिकर्मी चेतन कार्कीलाई राष्ट्रिय अभिनन्दन गरिने

काठमाडौं, चैत २० – सँस्कृतिकर्मी चेतन कार्कीलाई आउँदो वैशाख ५ गते राष्ट्रिय अभिनन्दन गरिने भएको छ । चलचित्र, संगीत तथा भाषा–साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप सँस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गर्न लागिएको उहाँको सम्मानका लागि गठन गरिएको समितिका संयोजक साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।

सँस्कृतिकर्मी कार्कीलाई नगद एक लाख रुपैयाँसहित अभिनन्दन गर्न लागिएको हो । सँस्कृतिकर्मी कार्कीले नेपाली भाषामा उपन्यास, लघु उपन्यास, गीत, कविता, गजलसहितका साहित्यका विभिन्न विधामा १० भन्दा धेरै पुस्तक लेखिसक्नु भएको छ ।

उहाँको परिचय शिक्षक, सरकारी कर्मचारी, गीतकार, चलचित्रका संवाद लेखक हुँदै निर्देशकसम्म बनेको हो । उहाँले निर्देशन गरेका चलचित्र विश्वास, भूमरी र पहिलो प्रेम हुन् । यी चलचित्रमा उहाँको संवाद, पटकथा र गीत पनि छ ।

यस्तै उहाँले टेलिभिजन श्रृँखला मनको आँखा पनि निर्देशन गर्नुभएको छ । उहाँले मनको बाँध, सिन्दुर, जीवन रेखासहितका चलचित्रमा संवाद लेख्नुभएको छ । २०२२ सालमा चलचित्र विश्वासबाट निर्देशन सुरु गुर्नभएका उहाँले लेखेका धेरै गीत लोकप्रिय बनेका छन् ।

उहाँले परिवर्तन चलचित्रका लागि लेखेको बैनिको दया छ भने, कान्छीका लागि लेखेको कान्छी हे कान्छी र यी ओठ तिम्रा, माया पिरतिका लागि लेखेको माया पिरतीको चोखो कथा, कन्या दानका लागि लेखेकोको तिजको रहर आयो बरिलैसहितका गीत चर्चित छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एक सर्को माया

    जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् ।

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया