MENU

मनोरञ्जन

Ncell Axiata
USAID

​‘प्रेमगीत–२’ मा कभर गीत प्रतियोगीताका विजेताले २ लाख पाउने

काठमाडौं, चैत २० – नेपाली सिनेमा ‘प्रेमगीत–२’ ले यसपाली कभर गीत गाउने दुई जनालाई विजेता बनाउने भएको छ । ‘प्रेमगीत’मा शीर्ष गीतका लागि गरिएको कभर गीत प्रतियोगितामा विजयी भएका सागर संसार राईलाई शनिबार पुतलीसडकको एक स्टुडियोमा ‘प्रेम गीत–२’ का लागि गीत गाउन लगाउँदै निर्माता सन्तोष सेनले यस वर्षको ‘प्रेमगीत–२’ को शीर्ष गीतको कभर गीत प्रतियोगिताका विजयीलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

सिक्वेलको एक गीतमार्फत महिला र पुरुष गरी एक एक लाख रुपैयाँ दिने सेनले जानकारी दिए । धेरै निर्माता तथा निर्देशकहरुले कभर गीत गायन प्रतियोगिता राखेर आफ्नो चलचित्रको प्रमोशन गर्ने गरेको तर विजेताले भने बमोजिमको पुरस्कार र अवसर नपाएको भन्दै सेनले असन्तुष्टि पनि पोखेका छन् ।

आफूले भने त्यस्ता गतिविधिको विरोध गर्दै आफ्नो वाचा अनुसार सागर संसार राईलाई गीत गाउन अवसर दिएको सन्तोषले बताए । अब उप्रान्त आफ्नो प्रोजेक्टमा सागरले निरन्तर गीत गाउने र नयाँ प्रतिभाहरुलाई पनि सधै स्थान दिने उनले जानकारी दिए ।

६० को हाराहारीमा गीत गाएको भए पनि आफूलाई धेरैले नचिनेको भन्दै ‘प्रेमगीत’को गीत गाएपछि धेरै  प्रशंसा र अवसर आएको कुरा गायक सागर संसार राईले खुशीसाथ प्रकट गरे । ‘प्रेमगीत–२’ को लागि निकै मेहनत गरेका राई गीतबाट दर्शकको साथ र माया पाउनेमा विश्वस्त छन् । 

सन्तोष सेनको निर्माण रहेको सिनेमा ‘प्रेम गीत–२’ लाई रामशरण पाठकले निर्देशन गरिरहेका छन् । सिनेमामा प्रदीप खड्का र अश्लेसा ठकूरीको मुख्य भूमिका छ । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया