MENU

समाज

Ncell Axiata
NIC Asia

भूकम्प प्रभावित थप १७ जिल्लामा आजदेखि पहिलो किस्ता

काठमाडौं, चैत २१ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान बापतको पहिलो किस्ता वितरण सुरु गर्दैछ ।

सोमबार कास्कीको लुम्लेबाट पहिलो किस्ताको रकम वितरणको सुरुवात गर्ने प्राधिकरणका प्रवक्ता यमलाल भुषालले बताउनुभयो । सोमबार कास्कीमा सुरुवात गरिने र त्यसपछि अरु जिल्लामा पनि क्रमशः वितरया थालिने छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले लुम्लेबाट अनुदान वितरण सुरु गर्नुहुने कार्यक्रम छ । कास्कीका दुई हजार २३८ घरधुरीमध्ये लुम्लेमा १६२ घरधुरी लाभग्राही सूचीमा समावेश छन् ।

भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, सङ्खुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु र तनहुँमा गरी अहिलेसम्म साबिकका ५८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूचि प्राप्त भइसकेको छ । बाँकी १७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको प्राधिकरणका सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख उपसचिव मनोहर घिमिरेले बताउनुभयो ।

प्राधिकरणले सर्वेक्षण गरी लाभग्राही सूचिमा समावेश भएकालाई घर बनाउन दिने तीन लाख रुपैयाँ अनुदानमध्ये पहिलो किस्ताबापतको  ५० हजा रुपैयाँ वितरण गर्न लागेको हो । सोलुखुम्बुका तीन गाविसमा भने हिमपातका कारण तथ्याङ्क सङ्कलन हुन सकेको छैन । ती गाविसमा केन्द्रबाट टोली खटाएर तथ्याङ्क सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया