MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

चितवनको गैँडा शुक्लाफाँटा लगिँदै, यसरी गरियो नियन्त्रण (तस्बिरसहित)

राधेश्याम खतिवाडा/उज्यालो । 

चितवन, चैत २२ – दुई दिनअघि देख नै चितवन राष्ट्रिय निकुञ्जको सुखीभारमा क्याम्प खडा गरी गैँडाको वासस्थानको अध्ययन गरिएको थियो । गैँडा नियन्त्रणमा लिनका लागि ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी दुई दिनदेखि खटिएका थिए । 

सोमबार बिहानै चितवन राष्ट्रिय निकुञ्जको सुखीभारमा वनदेवीको पूजा गरिएको थियो ।  त्यस अवसरमा निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराई र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले टोलीलाई आवश्यक निर्देशन दिनुभएको थियो । 

नेपाली सेना, दातृ संस्थाहरु, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जियोलोजिकल सोसाइटी लगायतका प्रतिनिधि गरी झण्डै एक सय जना परिचालन भएका छन् । गैँडा पठाउनका लागि तीनवटा खोर तयारी अवस्थामा राखिएको छ । 

सोमबार बिहान १० बजेर २४ मिनेट जाँदा निकुञ्जको सुखिभारको घाँसे मैदानमा एउटा भाले गैँडालाई बेहोस वनाउने औषधि राखिएको गोली हानेर (डाट) गरी स्थानान्तरणका लागि ट्रकमा राखिएको शुक्लाफाँटा लैजाने लगिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

निकुञ्जको सुखीभार क्षेत्रमा निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराई र क्षेत्रीय वन निर्देशक गणेश झाले डाट गर्न प्राविधिक टोलीलाई हस्तान्तरण गरी गैँडा खोज्ने काम सुरु गरिएको थियो । पहिलो भाले गैँडालाई निकुञ्जका प्राविधिक तिर्थबहादुर लामाले रुखमा चडेर डाट गर्नु भएको थियो । डाट गरेको ५ मिनेटमा गैँडा घाँसे मैदानमा ढलेको थियो । ३० वटा हात्तीले घेराहालि गैँडालाई बिचमा पारेर डाट गरिएको थियो । झण्डै १५ वर्षको वयस्क भाले गैँडा ४ सय २६ सेन्टिमिटर लामो छ । गैँडालाई ५८९४ नम्बरको कलर आईडी लगाईएको गैँडालाई डाट गरेर ढलेपछि गैँडालाई काठबाट पिर्का झै बनाइएको ठूलो स्ल्यापमा राखेर डोजरले स्ल्याप घिसारेर ट्रकमा राखिएको थियो ।

यसअघि सन् २००० मा चार वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो । चितवनबाट लगिएपछि शुक्लाफाटामा गैँडाको संख्या १४ पुग्नेछ । शुक्लाफाटामा गैँडाको लागि चाहिने बासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ । सरकारले शुक्लाफाटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो । यही निर्णय अनुरुप गएको वर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा लगिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया