MENU

बातावरण-कृषि

Ncell Axiata

सरकारी अनुदानमा खेती : २ सय ५० हेक्टरमा धान खेती गरिँदै

सर्लाही, चैत २२ – सरकारले सुरु गरेको ‘बृहत्तर धान उत्पादन कार्यक्रम’ अन्तर्गत सर्लाहीमा २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा चैते धानखेती गर्ने तयारी गरिएको छ ।

सरकारको अनुदानमा खेती हुने भएपछि किसानहरु चैते धान खेतीतर्फ आकर्षित भएका छन् । चैते धान खेतीको लागि सरकारले १२ लाख ५० हजार रुपैयाँ र केही कृषि यान्त्रीकरण पठाएको जिल्ला कृषि विकास कार्यलय सर्लाहीका प्रमुख बिनोद कुमार साहले जानकारी दिनुभयो ।

यसवर्ष जिल्लाको बेलाजब्दी, हरिपुर, इश्वरपुर, पथरकोट लगायतका स्थानमा बृहत्तर चैते धान खेती कार्यक्रम हुने कृषि प्रविधिक नन्दकिश्वर गुप्ताले जानकारी दिनुभयो । गएका वर्षहरुमा सर्लाहीमा परम्परागत चैते धान खेती गरिएको भएपनि यस वर्षबाट बैज्ञानिकरुपमा चैते धान खेती गर्न थालिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत जिल्लामा नमुना कार्यक्रम परेकाले पाँच हेक्टर क्षेत्रफलमा ब्लक खेती गरेर सबै किसानलाई अनुगमन गराउनु पर्ने कार्यलले जनाएको छ । यसरी गरिएको खेतीबाट प्रति एक हेक्टर बराबर पाँच मेट्रिक टन धान उत्पादन हुने कृषि प्रबिधिकहरुको भनाइ छ । ‘बृहत्तर धान उत्पादन कार्यक्रममा’ सहभागी भएका किसानले अनिवार्य बाली बिमा गराउनु पर्ने छ । कार्यालयले किसानलाई हर्दिनाथ–१ र चैते–२ उन्नत जातको बीउ वितरण गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया