MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

एक हिरो जसले फिल्म खेल्न ३ महिनामा घटाए ३२ किलो तौल

काठमाडौं, चैत २२ – दीपेन्द्र के खनालको निर्देशनमा बनेको सिनेमा ‘लभ लभ लभ’ वैशाख १ देखि देशभर प्रदर्शन हुँदैछ । यो सिनेमाबाट अभिनेता सुरज पाण्डेले मुख्य अभिनेताको रुपमा नेपाली सिने नगरीमा डेब्यु गर्दैछन् । 

मुख्य अभिनेताको  रुपमा यो पहिलो सिनेमा भएपनि अभिनयको अनुभव भने उनले सानैमा बटुलिसेकका छन् । सुरजले कर्तव्य, दुई किनारा, अजम्बरी नाता, दोबाटो लगायतमा बालकलाकारको रुपमा काम गरिसकेका छन् । 

सिनेमामा आउन घटाए ३२ किलो तौल

सानैदेखि अभिनयमा रुची भएका र अभिनय गर्दै आएका सुरजले ‘लभ लभ लभ’मा काम गर्ने पक्का भएपछि ३२ किलो तौल घटाएका थिए । सिनेमामा मुख्य अभिनेता त्यसमाथि पनि सुन्दर अभिनेत्रीको पछि लाग्ने पात्रको रुपमा देखिने भएपछि उनले तीन महिनामै ३२ किलो तौल घटाएको जानकारी हामीलाई दिए । त्यो भन्दा पहिले सुरज १ सय १२ किलोका थिए । अहिले उनको तौल ८० किलोको हाराहारीमा छ ।

कसरी घटाए तौल ?

सुरजले तौल घटाउनको लागि कार्डियो हाईडेन्सिटी वर्कआउट फलो गरेका थिए । त्यस्तै उनले खानपिनमा पनि निकै कन्ट्रोल गरे । उनले त्यसबखत चिल्लो, चिनी, मैदा र कार्बोहाईड्रेडयुक्त खाना बारेका थिए । उसिनेको कुखुराको मासु, फलफूल र साकाहारी खानाले नै उनलाई दुब्लाउन मद्दत गर्यो । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया